२५ वैशाख, काठमाडौं । काठमाडौंदेखि रारासम्म पर्यटक बस सञ्चालनको सम्भाव्यता अध्ययन सुरु गरिएको छ । टूरिस्ट बस एसोसिएसन अफ नेपाल (टीबान)को पहलमा सम्भाब्यता अध्ययन टोली रारा प्रस्थान गरेको बोर्डले छ । पर्यटन क्षेत्रमा काम गरिरहेका पर्यटन व्यवसायी पर्यटक बसमा रारा पुग्ने र बाटोको अवस्थालगायत समग्र यात्राबारे बुझ्ने बोर्डको भनाई छ । नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले काठमाडौंलाई रारासँग जोड्ने अभियान सुरु भएकोमा खुसी व्यक्त गरे ।
पर्यटकहरुलाई काठमाडौंबाट कर्णालीको रारासम्म सडक यातायातमार्फत पुग्न सकिन्छ भन्ने सन्देश दिन यो प्रयास गरिएको उनले बताए । उनले भने, ‘यस भ्रमणले अब रारा टाढा छैन भन्ने सन्देश फैलाउनेछ । आन्तरिक र क्षेत्रीय पर्यटन प्रवद्र्धनमा पनि यसले योगदान दिनेछ । कर्णालीलाई सुगम गन्तव्यका रूपमा चिनाउने यो अभियान महत्वपूर्ण हुनेछ ।’
टुरिस्ट बस एसोसिएसन अफ नेपालका अध्यक्ष भिष्म न्यौपानेले सडक र भौतिक पूर्वाधारको अवस्था सरल र सहज देखिएको बताए । यस यात्रामा यात्राका क्रममा आइपर्ने कठिनाइ र सम्भावनाहरुको सूक्ष्म अध्ययनपछि थप योजना बनाउने उनले बताए । भ्रमण टोलीमा पर्यटन क्षेत्रका व्यवसायी, सरोकारवाला निकायका प्रतिनिधि सहभागी छन् । अध्ययनपछि नियमित पर्यटक बस सेवा सञ्चालन गर्ने तयारी रहेको जनाइएको छ ।