काठमाडौं । काठमाडौंको सोह्रखुट्टे (नयाँबजार)मा ग्यास सिलिण्डर विस्फोट भएको छ । यस घटनामा ११ जना घाइते भएको प्रहरीले जनाएको छ । स्थानीय नीलकुमारी क्षेत्रीको तीन तले घरको पहिलो तलामा ग्यास सिलिण्डर विस्फोट भएको प्रहरीको भनाई छ ।
घाइतेहरुको उपचार जारी रहेको छ । विस्फोटपछि घरमा आगलागीसमेत भएको र आगलागी भने नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ । ग्यास सिलिण्डर विस्फोटबाट वरपरका आधा दर्जन घरका सिसा फुटेका र कतिपय घरको भित्ता समेत चर्किएको छ । घटनापछि स्थानीय र प्रहरीले उद्दार कार्य गरेका थिए ।