काठमाडौं–१ मा कांग्रेसका प्रकाशमान सिंहलाई पछिपार्दै अघि लागे राप्रपाका रविन्द्र मिश्र

काठमाडौं । देशभर मतमणना जारी रहँदा तीन दलले सुरुवाती अग्रता लिएका छन्। पछिल्लो मतगणनाअनुसार नेकपा एमाले, नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुवाती अग्रता लिएका हुन् ।

काठमाडौं क्षेत्र नम्बर १ मा सोमवार दिउँसो ३:३० सम्मको मतगणना अपडेट अनुसार नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहलाई पछि पार्दै रवीन्द्र मिश्र अघि लागेका छन्।

मिश्रले २४१६ मत पाएका छन् भने प्रकाशमान सिंह २३०२ मत पाएर मिश्रलाई पछ्याउँदै छन्।

त्यस्तै, एमालेका किरण पौडेलले १४४१ मत पाएका छन्। त्यस्तै, पुकार बमले १३६५ मत पाउँदा रमेश खरेलले १०६६ मत पाएका छन्।