काठमाडौ । काठमाडौ जिल्लाको उत्तर पुर्बी चुचुरोमा बिगत पाँच बर्ष अगाडि ‘झन्डा पार्क’ नामाकरण गरि ठडाइएको नेपालको झन्डा अज्ञात व्यक्तिले ढालेर क्षती पुर्याएका छन् । पार्कमा रहेको झण्डा भाच्नुको साथै वरपर मदिराका सिसी फुटाएको अवस्थमा भेटिएका छन् । फोहोर बव्यवस्थापन गर्न राखिएको डस्टविन समेत हराएको स्थानिय यज्ञडोल जगडोल युवा क्लबका अध्यक्ष सञ्जय पौडेलले जानकारी दिए ।
झन्डा पार्कमा पुगेको क्षतिबारे स्थानिय क्लबका अध्यक्ष सञ्जय पौडेल भन्छन् ‘प्रत्येक दिन हजारौ मानिस झण्डा पार्कको चुचुरो मा आउने गर्छन् ।
यस अगाडि पनि त्यहा आउने मानिसहरु मदिरा खाएर हो हल्ला गर्ने स्थानियलाई हातपात गर्ने जस्ता काम गरेपछी हामीले पटक पटक वडा अध्यक्ष लगायतका स्थानिय जन प्रतिनिधिलाई सि सि क्यामरालगायत पुर्वाधार जडान गर्न अनुरोध गरेको उहाहरुले ध्यान नै दिनु भएन ।

अहिले झण्डा नै भांच्ने काम भयो । झन्डा पार्कमा हरेक दिन हजारौको संख्यामा मानिस घुमफिरका लागि पुग्ने गर्छन् । गोकर्णस्थित प्रहरी कार्यालयका प्रहरी सहायक निरिक्षक ज्ञान कुमार कट्टेलले घटनाबारे जानकारी आए लगत्तै एक टोलि खटाएर अनुसन्धान थालिएको जानकारी दिए ।
उनले भने, ‘मैले धेरै कुरा बुझ्न त पाएको छैन, तर त्यो त्यती धेरै ठुलो कुरो होईन । हामी हेर्छौ र के गर्नु पर्ने गर्छौ ।’ झण्डा पार्क तत्कालिन कपन गाविस वडा नम्बर ७ जगडोल डाँडामा पर्छ ।
