आर एल श्रमजीवी / क्यालिफोर्निया
भारतले सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा नेपालका केही भू–भागलाई समेटिएपछि नेपालबाट चौतर्फी रुपमा विरोधकास्वरहरू उठिरहेका छन् । नेपाली प्रिन्ट मिडिया, टेलिभिजनहरु सामाजिक संजाल र युट्युबमा निक्कै हल्ला छ । बिदेशमा रहेकानेपालीहरु पनि आफ्नो मातृभूमिको सिमा मिचिदा दुखित र चिन्तित छन् । भारतको विदेश मन्त्रालयले बिज्ञप्ति जारी गर्दै हामीले सिमानामिचेको छैन भनेको बेला सरकार मौन छ । केवल सर्वदलीय बैठक बोलाएर प्रधानमन्त्रीले औपचारिकता निभाएका छन् । भारतीय विदेशमन्त्रालयले गत हप्तानै आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता रविशकुमारले नक्सामा सीमा परिवर्तन नगरिएको दाबी गरे। सीमामा बाँकीकेही समस्या समाधान गर्न भारत तयार रहेको उनको भनाइ छ ।‘नेपालसँग दुईपक्षीय सम्बन्धको मर्ममा अडेर सीमा समस्या समाधानगर्नेछ,’ उनले भनेका छन्, ‘हाम्रो नक्साले भारतको सार्वभौम भूमिमात्र देखाउँछ । नक्सा मिचिएको संकेत छैन।’ उनले दुई देशबीचकासीमा समस्या उच्चस्तरीय संयुक्त आयोगको बैठकबाट समाधान हुन बाँकी रहेको बताए । यतिका समय बितिसक्दा पनि दुइ देशकाबीच कुटनीतिक संवाद भएको छैन । भारतसंग यो बिषयमा कुरा गर्नु मुसाहरूले बिरालोको घाटीमा घन्टी बाँध्नु सरहको सकस शासकमादेखिन्छ । नत्र देशको अखण्डता माथि यत्रो धावा हुँदा ओली सरकारलाई किन प्राथमिकताको बिषय बन्दैन ?
कालापानीको इतिहास
सन् १८१५ मा इष्ट इण्डिया कम्पनी र नेपालबीच भएको सुगौली सन्धिको धारा ५ अनुसार ‘नेपालका राजा तथा तिनका उत्तराधिकारी वावारेसले काली नदीको पश्चिममा पर्ने देशहरूसितका सम्बन्ध र सबै दाबीहरू परित्याग गर्ने तथा ती देशहरू वा तिनका बासिन्दासित कुनैचासो नराख्ने‘ भन्ने सहमति अनुसार नेपालको पश्चिमी सिमाना महाकाली नदीको पूर्व कायम भएको विज्ञहरुको भनाइ छ । २०१८सालमा कालापानी र लिम्पुराधुरामा जनगणना गरेका भैरव रिसालले ए पी वान टेलिभिजनमा एक अन्तर्वार्ता दिदै भनेका छन् – कालापानीहाम्रो हो, भारतको यो कदम हेपाह प्रबृति हो ।
सन्धिका कारण महाकाली नदीको सिरानीमा रहेको १२ ब्यास र १४ चौदासका अर्थात् व्यास प्रगन्नाका नामले चिनिने ब्यास क्षेत्रका १२वटा गाउँहरू दुईतिर बाँडिन पुगेको भण्डारीले बताए । जसमध्ये गुञ्जी, नाभी, कुटी, टिङ्कर र छाङ्ग्रुलगायतका ६ वटा गाउँहरूनेपालतिर पर्न गए भने बाँकी ६ वटा गाउँ भारततिर परे । सुगौली सन्धिपछि भारतले बनाएको नक्सामा भने सन्धिमा भएको सम्झौतामिचिएको भण्डारी दाबी गर्छन् । भण्डारीद्वारा लिखित ‘अतिक्रमणको चपेटामा लिम्पियाधुरा–लिपुलेक‘ भन्ने पुस्तकमा कालापानी कसरीभारतको कब्जामा गर्यो भन्ने विस्तृत उल्लेख गरिएको छ ।
भण्डारी लेख्छन्– भारत स्वतन्त्र भइसकेपछि सन् १९६२ को भारत–चीन युद्धताका सो क्षेत्रमा नेपाली सुरक्षाकर्मीको अनुपस्थितिको फाइदाउठाउँदै भारतले उक्त नेपालीभूमि चीनविरुद्ध प्रयोग गर्यो । भारत–चीन युद्धमा भारतीय सेनाको एउटा मोर्चाले नेपालको लिम्पियाधुराक्षेत्रअन्तर्गत लिपु भञ्ज्याङबाट चीनसँग युद्ध लड्यो । त्यसपछिका दिनहरूमा भने नेपाली भू–भाग लिम्पियाधुरा क्षेत्रमा नै ब्यारेक जमाएरबस्न थाल्यो ।शुरूमा सीमाचौकी स्थापना गरी केही प्रहरी जवान राखेको भारतले त्यसपछि त अर्धसैनिक बल इण्डो–टिबेटियन बोर्डरपुलिस फोर्स (आईटीबीपी) को ब्यारेक नै स्थापना गर्यो । सैन्यबलका आधारमा भारतले यतिबेला नेपालको महाकाली नदीको उद्गमलिम्पियाधुरादेखि लिपु भञ्ज्याङसम्मको ३७२ बर्ग किलोमिटरभन्दा बढी भू–भाग अतिक्रमण गरेको छ । उक्त अर्धसैनिक बलआईटीबीपीलाई तुल्सीनुराङ, कुटी, नाभी र गुन्जी सबै नेपाली गाउँहरूमा ब्यारेक संरचनासहित ठूलो सङ्ख्यामा तैनाथ गरेको छ ।अत्याधुनिक सुविधासम्पन्न ती सबैतिरका ब्यारेकहरूमा सीसीटीभी क्यामेराहरू जडान गरेको छ । कोही छाङग्रु, माथिल्लो कावा, लिपु, टिङ्कर भञ्ज्याङ, पङ्खागाड, गुञ्जी र नाभीदेखि आएगएको दृश्य ब्यारेकभित्रैबाट हेर्नसक्ने व्यवस्था गरेको छ ।नेपालले आफ्नोप्रशासनिक नक्सामा नेपालमा पर्ने सबै भू–भागहरू समेटेको भएपनि ३ सय ७२ वर्गकिलोमिटर भू–भागमा भारतीय सेनाले कब्जा गरेको हो। आफ्ना सेनाले कब्जा गरेर राखेको भूभागलाई भारतले आधिकारिकता प्रदान गर्दै आफ्नो नयाँ राजनीतिक नक्सामा समावेश गरेकोदेखिन्छ ।
के भन्छ नापी विभाग ?
नापी विभागले देशका अन्य ठाउँमा विवाद समाधान गरेर सीमास्तम्भ गाड्ने र नक्साङ्कन गर्ने लगायतका कामहरू भइरहेका भए पनिसुस्ता र कालापानीबारे विवादलाई मिलाउने जिम्मेवारी परराष्ट्रसचिव स्तरीय संयन्त्रको रहेको बताएको छ ।विभागका महानिर्देशकप्रकाश जोशी भन्छन्, “परराष्ट्रसचिव स्तरीय संयन्त्रलाई चाहिने भए हामीले प्राविधिक सहयोग दिन सक्छौँ । “केही महिनाअघि भने नापीविभागले देशकै निसान छाप र कतिपय सरकारी निकायले कालापानी क्षेत्रको आफ्नो भूभाग नदेखिएको नक्सा प्रयोग गरेको भन्दैसच्याउन पत्राचार गरेको थियो । नापी विभागले ‘सही नक्सा‘ पहिचानको गर्न “दार्चुला जिल्लाको माथिल्लो भाग चुच्चो भएकोनक्सालाई सही र डाडुजस्तो भएको नक्सा गलत” भनेर बुझाएको थियो
नक्कली काली नदी बनाएर भू–भाग हडप्दै
‘पहिला लिपुलेकबाट आउने काली नदीलाई अन्तर्राष्ट्रिय सीमा मानिएको थियो तर यिनीहरूले अहिले नक्कली काली नदी बनाएर जालसाँजी गरिरहेको जस्तो देखिन्छ ।‘नक्कली सुरक्षा क्याम्प राखेर भारतीय पक्षले नक्कली सीमा बनाउने काम गरिरहेकोछ । त्यहीनक्कली सीमालाई भारतीय गृहमन्त्रालयले सदर गरेको छ । द्वीपक्षीय रूपमा वार्ता गरेर पूरानो र नयाँ नक्सासँग भिडाउनु पर्यो । त्यहाँनेपाली पक्षबाट तिरो तिरिरहेका मानिस छन्, नेपालको आधिकारिक भू–भाग कति छ त्यो स्पष्ट छ । त्यही अनुसार राज्यले कदमचाल्नुपर्छ ।