पर्वत । पर्वतको कुश्मा नगरपालिका–३, दुर्लुङमा गएको पहिलोमा परेका १० जनामध्ये ९ जनाको शव फेला परेको छ । एक जना अझै बेपत्ता रहेका छन् जिल्ला प्रहरी कार्यालय, पर्वतले उपलब्ध गराएको विवरण अनुसार ५८ वर्षीय तुलबहादुर थापा, ५२ वर्षीय मिनकुमारी थापा, विविशा थापा, बाग्लुङ जैमुनी–९ घर भइ माइती आएकी ३० वर्षीय डिरपा थापा, १७ वर्षीय विवेक थापा, १४ वर्षीय सम्राट थापा, कुश्मा–३ का २६ वर्षीय कमला विक, प्रमिश विक र ७ वर्षीया प्रमिशा विकको ज्यान गएको छ ।
१३ वर्षीय जेनिश विक बेपत्ता रहेका छन् । उनको खोजी कार्य जारी रहेको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा स्थानीय दुई दिनदेखि लगातार उद्दारमा जुटेका छन् । शनिबार राती अबिरल वर्षापछि घरमाथिको जंगलबाट खसेको पहिरोले दुई घर बगाएको थियो । जसमा १० जनाको परिवार नै परेका थिए । उनीहरु दुई परिवार रहेको प्रहरीले जनाएको छ ।