केन्द्रिय सदस्यसम्म सर्वसम्मत गराउने रातभरको एमालेको प्रयास असफल, बिहानबाट मतदान शुरु

काठमाडौं । नेकपा एमालेमा पदाधिकारीमा सर्वसम्मत नभएपछि रातभर केन्द्रिय सदस्यका लागि प्रयास गरिएको थियो । तर, केन्द्रिय सदस्यमा समेत सहमत नजुटेपछि अन्ततः निर्वाचन शुरु भएको छ । दशौं राष्ट्रिय महाधिवशनमा अध्यक्षसहित केही पदाधिकारी र केन्द्रीय सदस्य चयनमा मतदान सुरु भएको हो । अहिले आधा भन्दाबढी भोट खसिसकेको छ । मंगलबार विहान करिव ४ बजेतिर सुरु भएको मतदानको सुरुमा अध्यक्षका उम्मेदवार केपी शर्मा ओली,भीम रावलले भोट खसालेका थिए ।

अध्यक्ष, उपाध्यक्ष र सचिवका साथै ७ वटा क्लस्टरका केन्द्रीय सदस्यमा मतदान जारी छ । अध्यक्षमा केपी शर्मा ओली र भीम रावल र ६ उपाध्यक्षका जागि अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र सुवास नेम्वाङ उम्मेदवार बनिरहेका छन् । सात सचिवका लागि गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, टंक कार्की, टोपबहादुर रायमाझी, पद्मा अर्याल, भीम आचार्य, योगेश भट्टराई, रघुवीर महासेठ र लेखराज भट्ट चुनावमा छन् ।