काठमाडौं । अहिले देशका विभिन्न स्थानमा वर्षा जारी छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार केही दिन ठूलो वर्षाको सम्भावना छैन । प्रदेश नम्बर १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूपश्चिम प्रदेशका एक दुई ठाउँमा पानी परिरहेको छ। आगामी ३ दिन (आइतबार)सम्म हल्कादेखि मध्यमसम्म वर्षा भने हुने छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास छ।
यसैको कारण देशभर वर्षा भइरहेको हो। महाशाखाका अनुसार शुक्रबार दिउँसो देशका पहाडी भू–भागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिक देखि सामान्य बदली रहनेछ । देशको पहाडी भू–भागका केही स्थानहरूमा र अन्य भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन–चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।
देशको पहाडी भू–भागका केही स्थानहरूमा र अन्य भू–भागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश १ को एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । शनिबार दिउँसो देशका पहाडी भू–भागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिक देखि सामान्य बदली रहने महाशाखाले उल्लेख गरेको छ ।