कोपा अमेरिका : कप्तान मेसी चम्किएको खेलमा अर्जेण्टिनाको सानदार जित

काठमाडौं । जारी कोपा अमेरिकामा समूह चरणको अन्तिम खेलमा अर्जेण्टिनाले बोलभियामाथि सानदार जित दर्ता गरेको छ । मंगलबार बिहान सम्पन्न खेलमा कप्तान लिओनल मेसी चम्किए । कुल ४-१ गोल अन्तरको जित निकालेको अर्जेण्टिनाका लागि मेसीले दुई गोल र एक असिष्ट गरे । खेलको छैठौं मिनेटमा गोमेजले गोल गर्दा उनलाई मेसीले पास दिए। त्यसपछि उनले लगातार दुई गोल गरे। खेलको ३३ मिनेटमा पेनाल्टीमार्फत् र ४२ मिनेटमा अर्को थपे ।

६० औं मिनेटमा बोलिभियाका साभेन्द्रले गोल फर्काएका थिए । ६५ मिनेटमा लाउटारो मार्टिनेजले अर्जेन्टिनाका लागि चौथो गोल गर्दै जित पक्का गरेका थिए । अर्जेन्टिना समूहमा अपराजित रहँदै अन्तिम ८ मा पुगेको हो । उसको चार खेलबाट १० अंक भएको छ । यो समूहबाट ७ अंक जोडेर उरुग्वे दोस्रो, ६ अंक जोडेको पाराग्वे तेस्रो र ५ अंक जोडेको चिली चौथो हुँदै अन्तिम आठमा पुगे। बोलिभिया बाहिरियो ।