न्यूयोर्क
कोरोना भाईरसको कारण परिस्थिती बिग्रिदै गएपछि न्युयोर्कका गभर्नर एन्ड्रु कुमोले राज्यमा संकटकालको घोषणा गरेका छन् । शुक्रबारसम्म न्युयोर्क राज्यमा ४४ जनामा कोरोनाको संक्रमण देखिएकोमा शनिबार दिऊसोसम्म न्युयोर्कमा उक्त संख्या ह्वातै बढेर ७६ जनामा संक्रमण देखिएको छ । संक्रमितको संख्यामा नाटकीय रुपमा बृद्धि भएपछि गभर्नर कुमोले हरेक अस्पतालको श्रोत साधनको बृद्धिको लागि संकटकाल घोषणा गरेका हुन । सुरुमा वेस्ट्चेस्टर काउन्टीस्थित एक कानून ब्यवसायी (वकिल) लाई देखिएको संक्रमण हाल म्यानहाटनका ११ जनामा र क्विन्सस्थित एक जनामा पनि देखिएको छ ।
अमेरिका भरी अहिले ३६६ जनामा संक्रमण देखिएको छ भने १७ जनाको कोरोनाको कारण ज्यान गएको छ ।