कोरोनाबाट प्रभावित अमेरिकाबासीले पुनः २ हजार डलर राहत पाउने, २ लाख नेपाली लाभान्वित

काठमाडौं । अमेरिकामा नोवेल कोरोना भाइरसको महामारीबाट प्रभावित बनेका व्यक्तिहरुले पुनः २ हजार डलर बराबरको राहत रकम पाउने भएका छन् ।

अमेरिकाले महामारीको चपेटामा परेकालाई तत्कालै पाउने गरी पुनः २ हजार डलर बराबरको राहत चेक वितरण गर्न लागेको हो ।

यसअघि अमेरिकाले अप्रिलमा कोरोना संक्रमित आफ्नो नागरिकलाई १२ सय डलर बराबरको राहत चेक वितरण गरेको थियो ।

कोरोनाको कारण सबैभन्दा धेरै मानविय क्षति व्यहोर्ने देशमा अमेरिका शिर्ष स्थानमा छ । सरकारले यसअघि विभिन्न चरणमा गरी कोरोना भइरसबाट उत्पन्न संकटमोचनका लागि अमेरिकाको इतिहासमै सर्वाधिक तीन ट्रिलियन डलरभन्दा बढी राशीको आर्थिक सहायता प्याकेज ल्याइसकेको छ ।

विधेयकमा राज्यको कर प्रणालीमा आबद्ध भई वार्षिक ७५ हजार डलरभन्दा कम आम्दानी गर्ने प्रत्येक वयस्क मानिसले २ हजार डलरको चेक आपतकालिन राहत स्वरूप पाउने छन् भने कोरोना महामारीका कारण काम गुमाएकाहरूलाई साप्ताहिक ३ सय डलर कम्तीमा १० हप्ताका लागि दिइने कुरा समेटिएको बताइएको छ ।

यद्यपि यो विधेयक चालु संसदको आयु सकिन ठिक ६ दिन बाँकी हुँदा ल्याइएको छ । गत नोभेम्वर ३ मा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा जो बाइडेन विजयी भएका थिए । उनले जनवरी २० मा राष्ट्रपति पदको सपथ लिदैछन् । हालै विजयी सांसदहरूले जनवरी ३ बाट पदभार समाल्ने छन् ।

अमेरिकामा कोरोना संक्रमणबाट अहिलेसम्म ३ लाख ४० हजारभन्दा धेरै मानिसको मृत्यु भईसकेको छ भने संक्रमितको संख्या झण्डै २ करोड पुगेको छ ।

करीव ३ लाख नेपालीहरूको बसोबास अनुमान गरिएको अमेरिकामा झण्डै ५० हजार नेपालीले अमेरिकाको नागरिकता प्राप्त गरेको तथा करीव १ लाखको हाराहारीमा रहेका ग्रीनकार्ड होल्डरसहित अन्य विभिन्न स्टाट्समा रहेका समेत गरी लगभग २ लाख नेपालीहरू यस राहत प्याकेजबाट लाभान्वित हुने छन् ।

अमेरिकाले महामारीको चपेटामा परेकालाई तत्कालै पाउने गरी पुनः २ हजार डलर बराबरको राहत चेक वितरण गर्न लागेको हो ।

यसअघि अमेरिकाले अप्रिलमा कोरोना संक्रमित आफ्नो नागरिकलाई १२ सय डलर बराबरको राहत चेक वितरण गरेको थियो ।

कोरोनाको कारण सबैभन्दा धेरै मानविय क्षति व्यहोर्ने देशमा अमेरिका शिर्ष स्थानमा छ ।

अमेरिकामा कोरोना संक्रमणबाट अहिलेसम्म ३ लाख ४० हजारभन्दा धेरै मानिसको मृत्यु भईसकेको छ भने संक्रमितको संख्या झण्डै २ करोड पुगेको छ ।