कोरोनाविरुद्ध लड्न क्रिकेटर लामिछानेले कोष खडा गर्ने, आफुले दिए ३ लाख

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले कोरोना भाईरसविरुद्धको लडाईका लागि कोष खडा गर्ने भएका छन् । आफ्नोतर्फबाट ३ लाख रुपैयाँ सहयोग गर्दै उनले कोष स्थापना गरेको जानकारी गराएका हुन् । सन्दीपले सोमबार कोरोनाविरुद्ध लड्न ‘टिम सन्दिप लामिछाने’ अभियान घोषणा गरेका हुन । यसमा सहयोगको आह्वान समेत उनले गरेका छन् ।

सन्दीपले आर्थिक सहयोग संकलनका लागि बैंक खाता सार्वजनिक गरेका छन् । सन्दीपको अभियानमा जोडिन नेपाल सेन्चुरी कमर्सियल बैंकमा आर्थिक सहयोग जम्मा गर्न सकिने भएको छ । खाता नम्बर ‘०१७००००३५३ सी ए’ मा रकम जम्मा गरि कोषमा योगदान गर्न सकिने उनले जनाएका छन् । नेपालमा मानवीय संकटको बेला सेलिब्रेटीहरु खुलेर नलागेको आरोप लाग्ने गरेको छ । यस्तो अवस्थामा सन्दीपको यो प्रयास प्रशंसनीय रहेको छ ।