न्यूयोर्क
कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या बढ्दै जाँदा न्यूयोर्क सिटी अधिकारीहरु तत्कालका लागि सार्वजनिक स्थानमा राख्ने ठाउँ बनाउने निर्णयमा पुगेकाछन् । मृत्युको अत्यधिक संख्याका कारण शवदाह गर्न पालोमा राख्नु पर्ने अवस्था आएमा उक्त विकल्प अपनाउने निर्णयमा सिटी अधिकारीहरु पुगेका हुन् ।
न्यूयोर्कका मेयर बिल दे ब्लाजियोले सिटी स्थित अस्पतालहरुका शवगृह भरिए सार्वजनिक स्थानमा शव राख्ने ठाउँ बनाउने सोमबार बताएको न्यूयोर्क टाइम्सले प्रकाशित गरेको छ । ‘हामी प्रतिकुल अवस्थातर्फ धकेलिँदै छौँ तर हामीसँग ठूलो मात्रामा शवगृह उपलब्ध छन्, ब्लाजियोले सोमबार पत्रकारहरुसँग भने- त्यसले नधाने मृतकका परिवारका साथमा नयाँ विकल्प सोच्नु पर्ने हुन्छ ।’
सोमबार विहान सिटी काउन्सिल हेल्थ कमिसनका प्रमुख मार्क डि लेभिनले सार्वजनिक पार्कहरुमा अल्पकालिन शवगृह बनाउने संकेत गरेका थिए । मेयर ब्लाजियोले पार्कमा शवगृह बनाउने भनाइ भने अश्विकार गरेका छन् । उनका प्रेस सेक्रेटरीका अनुसार त्यस्तो वाध्यता आइलागे सिटीले ब्रोङ्स स्थित हार्ट आइल्याण्डमा शब थान्को गर्ने व्यवस्था मिलाउने जनाएका छन् ।
न्यूयोर्क सिटीमा अहिलेसम्म ७२ हजार कोरोना भाइरसबाट संक्रमित भइ सकेका छन् भने तीन हजार पाँच सयले ज्यान गुमाइ सकेका छन् ।
(तश्वीर न्यूयोर्क टाइम्स)