न्यूयोर्क
अहिले विश्वव्यापीरुपमा फैलिरहेको काेराेना भाइरसको संकटबाट मुक्ति पाउन तथा विश्वशान्तिका लागि ‘विश्वशान्ति जपयज्ञ’ गरिने भएको छ । विश्व अध्यात्म केन्द्रकाे आह्वान तथा अन्य स्थानीय संस्था र व्यक्तिकाे संयाेजकत्वमा हुने यज्ञका लागि प्रार्थना गर्न आ-आफ्नै घरमा बसी कार्यक्रममा सहभागी जनाई दिनुहुन आह्वान समेत गरिएको छ ।
यही मार्च २०, शुक्रवार साँझ ९ बजे बसेको अनलाईन बैठकको निर्णय अनुसार उक्त आह्वान गरिएकोले सम्पूर्ण गुरुवर तथा यस सम्बन्धि ज्ञाता एवम् ईच्छुक महानुभावहरुलाई विश्वभरबाट प्रार्थना र स्वस्तिशान्तिको लागि आह्वान गरिएको हो । बैठकले विश्वभर रहनुहुने सम्पूर्ण गुरुवर्ग लगायत सबैले आ-आफ्नै घरमा बसी पाठ तथा जप गरि दिनका लागि अनुरोध पनि गरेको छ ।
उक्त अनलाइन बैठकमा अमेरिकाका विभिन्न स्टेट, क्यानडा, बेलायत, अस्ट्रेलिया र नेपालबाट समेत संयोजकका रुपमा गुरुहरुको सहभागिता रहेको थियो । जसमध्ये न्यूयाेर्कबाट पिपलमणि सिग्देल तथा उद्धव शास्त्री, न्युजर्सीबाट डिल्लीराम उपाध्याय तथा श्रीहरि कँडेल, डिसी, मेरील्यान्ड तथा भर्जिनियाबाट राजेन्द्र खनाल, टेक्सासबाट मेघराज निरौला तथा तुलसीराम कँडेल, क्यालिफोर्नियाबाट चूड़ामणि पाठक, टेनेसीबाट उदयराज सिग्देल, नेपालबाट हरिनारायण सापकोटा, क्यानडाबाट जगदीश गैरे, बेलायतबाट जगदीश पौडेल, दुर्गाप्रसाद पोखरेल र शेखर शाण्डिल्य र अस्ट्रेलियाबाट प्रकाश ढोडारी सहभागी भई आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।
सनातन वैदिक ग्रन्थमा विद्यमान एवं प्राच्य त्रिकालदर्शी महर्षिहरुद्वारा प्रत्यक्ष अनुभव गरिएका मन्त्र शक्तिकाे माध्यमबाट विश्वभर एकै समयमा (स्थानीय समय ९ बजे) जपयज्ञ प्रारम्भ हुने कुरा बताइएकाे छ ।
प्रात: स्नान, आचमन, ध्यान, याेग तथा प्राणायाम आदि नित्यकर्म गरी निम्नानुसार
जपयज्ञमा सहभागी हुनुहुन सबैमा सूचना मार्फ़त आयाेजकले अनुरोध गरेकाे छ ।
कार्यक्रम शुरुवात मार्च २५, २०२० बुधबार बिहान ९ देखि १० बजेसम्म स्थानीय समय अनुसार महामृत्युंजय – ॐ ह्राैं जूं स: ॐ भूर्भुव: स्व: ॐ त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम् । उर्वारूकमिव बंधनान्मृत्याेर्मुक्षीयमाऽमृतात् । ॐ स्व: भुव: भू ॐ स: जूं ह्राैं ॐ मन्त्रले यथाशक्य जप तथा मार्च २६, २०२० बिहीबार बिहान ९ देखि १० बजेसम्म – राेगानशेषानपहंसि तुष्टा
रुष्टा तु कामान् सकलानभीष्टान् ।
त्वमाश्रितानां न विपन्नराणां
त्वमाश्रिता ह्याश्रयतां प्रयान्ति ।।
तथा अन्य देवी स्ताेत्र ! मन्त्रले पाठ तथा
मार्च २७, २०२० शुक्रवार बिहान ९ देखि १० बजे सम्म – ॐ नमाे भगवते वासुदेवाय !,
श्रीकृष्ण गाेविन्द हरे मुरारे हे नाथ नारायण वासुदेव: !
तथा अन्य नामसंकीर्तन वा विष्णु सहस्रनाम स्तोत्र आदि पाठ तथा जप गर्न आयाेजकले आह्वान गर्नुभएकाे छ ।
हाल विश्वमा व्याप्त यो महामारीबाट जीवन गुमाउनेहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै संक्रमितहरुकाे सिघ्र स्वास्थ्यलाभकाे कामनासमेत बैठकमा सहभागी विद्वानहरुले गर्नुभएकाे थियाे ।