कोरोना संक्रमण समेत देखिएका पूर्व मुख्य न्यायाधीश चालिसेको निधन

काठमाडौं

पूर्व मुख्य न्यायाधीश माधवप्रसाद चालिसेको निधन भएको छ । ७० वर्षिय चालिसेलाई गंगालाल हृदय रोग केन्द्र काठमाडौंमा मुटु सम्वन्धि रोगको उपचारार्थ भर्ना गरिएको थियो । उपचारको क्रममा चालिसेको मंगलबार केन्द्रमा निधन भएको हो ।  

मुटु सम्बन्धि रोगबाट पिडित चालिसेमा पछिल्लो समय कोरोना भाइरस पोजेटिभ समेत पुष्टि भएको थियो । स्व. चालिसेले नेपाल सरकारको न्याय सेवाबाट २०७० साल असारमा अवकास पाएका थिए ।स्वर्गिय चलिसे काठमाडौ बाँसबारीका स्थाई बासिन्दा हुन ।