कौशलटारमा कार दुर्घटना, एक जनाको मृत्यु

भक्तपुर । भक्तपुरको मध्यपुरथिमि नगरपालिका वडा नम्बर ३ कौशलटारमा कार दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्दाजी २५ वर्षकी एक युवतीको ज्यान गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।

दुर्घटनास्थलमा बेहोस अवस्थामा भेटिएकी युवतीलाई अस्पताल लैजाने क्रममा ज्यान गएको हो । प्रहरीका अनुसार भक्तपुरबाट काठमाडौं आउँदै गरेको बा ८ च ४७५६ नम्बरको कार राति पौने १ बजे सडक छेउमा सिमेन्टको पोलमा ठोक्किदा दुर्घटनामा परेको हो ।

कार चालक, कारमा भएका मानिस र दुर्घटनाको कारण भने अझै पत्ता नलागेको प्रहरीले जनाएको छ ।