क्यान र क्रिकेट खेलाडीबीच सहमति, कारवाही फिर्ता- कप्तान सन्दीप नै

काठमाडौं । क्रिकेट सङ्घ नेपाल (क्यान) र क्रिकेट खेलाडीबीच सहमति भएसँगै क्यानले खेलाडीमाथि गरेको कारवाही फिर्ता गरेको छ । आइतवार क्यानका पदाधिकारी, क्रिकेट प्रशिक्षक र खेलाडीबीचको वार्तामा सहमति जुटेको हो । सहमतिअनुसार क्यानले ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्रसिंह ऐरी, कमलसिंह ऐरी र सोमपाल कामीमाथि गरेको कारबाही फिर्ता भएको छ ।

अब खेलाडीहरु समेत बन्द प्रशिक्षणमा आउन तयार भएका छन् । सहमतिलाई क्यान बोर्ड बैठकबाट पारित गराउन बाँकि छ । बैठकले कप्तानको जिम्मेवारीका सम्बन्धमा भने कुनै सहमति निकालेको छैन । जसअनुसार सन्दीप लामिछाने नै अहिले कप्तानका रुपमा निरन्तर रहने छन् । यसअघि ज्ञानेन्द्र मल्लको कप्तानीको जिम्मेवारी समेत खोसिएको थियो ।


क्यानले गरेको खेलाडी वर्गीकरणमा असन्तुष्टि जनाएपछि खेलाडीमाथि कारवाही गरिएइको थियो । यो निर्णयको कडा आलोचना भइरहेको छ । क्यानले खेलाडीमाथि मङ्सिर २९ मा यस्तो निर्णय लिएको थियो । चार खेलाडीलाई े ६ महिना ग्रेडविहीन अवस्थामा राख्ने निर्णय सो दिन भएको थियो ।