क्युरेक्स फर्मास्युटिकल्सको एन्टिबायोटिक बिक्री गर्न प्रतिबन्ध

काठमाडौं । औषधि व्यवस्था विभागले क्युरेक्स फर्मास्युटिकल्सद्वारा उत्पादित एक एन्टिबायोटिक औषधिलाई बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ ।

विभागले एक सूचना जारी गर्दै राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा उक्त औषधि न्यून गुणस्तरीय पाइएकाले बिक्रीवितरणमा रोक लगाइएको जानकारी दिएको हो ।

बालबालिकामा प्रयोग हुने ‘इन्क्लेभ बिड’ नामक एन्टिबायोटिक सिरपको ब्याच नम्बर डीईबी १६८ मा खराबी देखिएको विभागले जनाएको छ ।

विभागले सो एन्टिबायोटिक बिक्रीवितरण नगर्न र बजारमा भएको तत्काल फिर्ता गरी सोको विवरण बुझाउन उत्पादक कम्पनीलाई निर्देशन समेत दिएको छ ।

साथै, विभागले सो औषधि प्रयोग नगर्न/नगराउन सबैलाई अनुरोध गरेको छ ।