काठमाडौं । यो वर्ष सञ्चालित ‘ग्लोबल इ–कम्पिटिसन अन एस्ट्रोनोमी एण्ड एस्ट्रोफिजिक्स्’ मा नेपालले दुइ अवार्ड जितेको छ । नेपालले ‘अनरेबल मेन्सन अवार्ड’ जितेको हो । नेपालका लागि सेन्ट जेभियर्स कलेज, माइतीघरका राहुलरञ्जन साह तथा क्यापिटल कलेज एण्ड रिसर्च सेन्टर, कोटेश्वरका अंशुराज सेढाईले ‘अनरेबल मेन्सन अवार्ड’ जितेका हुन् ।
नेपाल एष्ट्रोनोमिकल सोसाइटीले यसको पुष्टी गरेको छ । असोज ९ गतेदेखि सुरू भएको अन्तर्राष्ट्रिय प्रतियोगिता कात्तिक ७ मा सकिएको हो । व्यक्तिगत तथा सामूहिक विधामा सञ्चालित प्रतियोगितामा नेपालले व्यक्तिगततर्फ दुई अवार्ड जितेको हो ।
प्रतियोगितामा नेपाल लगायत ४० देशका व्यक्तिगततर्फ २७९ तथा सामूहिकतर्फ १५४ बढी प्रतिस्पर्धी थिए । सातौं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडबाट छनोट भएका १४ विद्यार्थीलाई नेपालबाट प्रतियोगितामा भाग लिन पठाइएको थियो ।
राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड नेपालमा कक्षा ८ देखि १२ सम्म अध्ययनरत् २० वर्षभन्दा मुनिका विद्यार्थीका लागि सञ्चालित प्रतिभा पहिचान गर्ने सम्बन्धी कार्यक्रम हो।