खानेपानी मन्त्रालयको कार्यभार कृषिमन्त्री डा परियारलाई

कृषि तथा पशुपंक्षी विकासमन्त्री डा मदनप्रसाद परियार काठमाडौँको भृकुटीमण्डपमा मङ्गलबार प्रथम राष्ट्रिय च्याउ दिवसका अवसरमा आयोजित च्याउ मेला तथा परिकार महोत्सवमा प्रदर्शनीमा राखिएका विभिन्न प्रकारका च्याउ अवलोकन गर्नुहुँदै । तस्बिरः हरिराम भेटुवाल/रासस

काठमाडौँ, २१ पुस । प्रधानमन्त्री सुशीला कार्कीले खानेपानी मन्त्रालयको कार्यभार कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदनप्रसाद परियारलाई तोकेकी छिन् । प्रधानमन्त्री कार्कीले गत भदौ २७ गते गठित मौजुदा मन्त्रिपरिषद्मा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले सम्हाली आउनुभएको खानेपानी मन्त्रालयको कार्यभार मन्त्री डा परियारलाई तोकेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।