काठमाडौं । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले असार ४ गते संसदमा विश्वासको मत लिने भएका छन् ।
गत जेठ २९ गते प्रदेश प्रमुख सीता पौडेलले उनलाई संविधानको धारा १६८ (५)अनुसार मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । सदनमा बजेट माथिको छलफल सुरु हुनु अगावै मुख्यमन्त्री पोखरलले विश्वासको मत लिन लागेका हुन् ।
संविधानको धारा १६८ (५) अनुसार नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार पोखरेलले असार ४ गते विश्वासको मत लिने तयारी थालेका छन् ।
मुख्यमन्त्री बन्न उनलाई जसपा, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद दीपक मनाङेसहित ३१ सांसदले सर्मथन गरेका थिए ।