हरेक बर्ष गर्मीयाम सुरु हुने बित्तिकै लाखौं अमेरिकनहरु देश भित्र र बाहिरको भ्रमणमा निस्कन्छन् । तर यो बर्ष कोरोना महामारीको कारण देश बाहिरको त कुरा छाडौं, अमेरिका भित्रकै एउटा राज्यबाट अर्को राज्यको भ्रमणमा निस्कदा दुई पटक सोचेर मात्र निस्कनु पर्ने भएको छ । अर्को राज्यमा जाँदा कोरोना संक्रमण होला कि ! भनेर सोच्नु पर्ने त छँदैछ, त्यो भन्दा पनि हरेक राज्यले अर्को राज्यबाट आउनेको सम्बन्धमा लागू गरेको नियमले गर्दा अझै सोच्नु पर्ने भएको हो । हाल अमेरिकाका अधिकांश राज्यहरुले कतै कोरोना जाँच गर्नु पर्ने त कतै वाध्यकारी क्वारेन्टिनमा बस्नु पर्ने नियम बनाएका छन् ।
सरुवा रोग सम्बन्धि संघीय सरकारको निकाय ‘सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन’ले एक ठाँऊबाट अर्को ठाँऊ जाने सबैलाई मास्क लगाउन र बेला बेलामा हात धोई नाक मुखमा नछुन तथा अन्य मानिस भन्दा ६ फिट टाढा बस्न भनेको छ । त्यसैगरी हाच्छ्यु गर्दा र खोक्दा नाक मुख छोप्न, खानेकुरा किन्दा भरसक ड्राईभ थ्रुबाटै किन्न सुचित गर्दै आएको छ ।
अमेरिकाका बिभिन्न राज्यहरुमा अहिले प्रतिबन्ध निम्नानुसार छ:
अलास्का;
बाहिरी राज्यबाट अलास्का प्रबेश गर्नेले निम्न कुरा खुलाएर ‘डिक्लरेसन फर्म’ भर्नै पर्छ ।
१) ७२ घण्टा अगाडिसम्म कोरोना नेगेटिभ भएको रिपोर्ट र राज्यमा आएको ७ देखि १४ दिन भित्र फेरी जाँच गरेर क्लियर नभएसम्म अन्य ब्यक्तिसँग भेटघाट गर्न नपाईइने ।
२) पाँच दिन अगाडिसम्म नेगेटिभ रिजल्ट आएका प्रत्येकले बिमानस्थलमा अवतरण भएपछि पुन: कोरोना जाँच गर्नु पर्ने र १४ दिनपछि पुन: जाँच गर्नु पर्ने र त्यति बेलासम्म मानिसहरुसँगको संपर्क पातलो गर्नु पर्ने ।
३ ) बिमानस्थलमा अवतरण गर्दा जाँच गर्नु पर्ने र जाँचको रिजल्ट नआँउदासम्म क्वारेन्टिनमा बस्नु पर्ने छ । यदि जाँच नगर्ने हो भने १४ दिन वाध्यकारीर क्वारेन्टिनमा बस्नै पर्ने नियम छ ।
एरिजोना;
जुलाई १६ सम्म त्यहाँ राज्यस्तरको कुनै त्यस्तो भ्रमण प्रतिबन्द लगाइएको छैन ।
आर्कान्सास;
जुलाई १६ सम्म त्यहाँ राज्यस्तरको कुनै त्यस्तो भ्रमण प्रतिबन्द लगाइएको छैन ।
क्यालिफोर्निया;
जुलाई १६ सम्म त्यहाँ राज्यस्तरको कुनै त्यस्तो भ्रमण प्रतिबन्द लगाइएको छैन ।
कोलोराडो;
जुलाई १६ सम्म त्यहाँ राज्यस्तरको कुनै त्यस्तो भ्रमण प्रतिबन्द लगाइएको छैन ।
कनेक्टिकट;
पछिल्लो समय कोरोना संक्रमण उच्च बिन्दुमा पुगेका राज्यहरुबाट कनेक्टिकट प्रबेश गर्ने सबैलाई १४ दिन क्वारेन्टिनमा राखिने ब्यबस्था छ । ७२ घण्टा भित्र कोरोना नेगेटिभ आएको छ भने चाँहि सिधै प्रबेश गर्न पाईने ब्यबस्था छ । कनेक्टिकटले २२ राज्यहरु – अलाबामा, एरिजोना, आर्कान्सास, क्यलिफोर्निया, फ्लोरिडा, जर्जिया, आइडाओ, आईवा, कान्सास, लुजियाना, मिनियासोटा, मिसिसिपी, नेभाडा, न्यु मेक्सिको, नर्थ क्यारोलाइना, ओहायो, ओक्लोहामा, साउथ क्यारोलाइना, टेनेसी, टेक्सास, युटाहा, विस्कन्सिनलाई भ्रमणमा नियमन गराएको छ ।
डेलावर;
जुलाई १६ सम्म त्यहाँ राज्यस्तरको कुनै त्यस्तो भ्रमण प्रतिबन्द लगाईएको छैन ।
डिस्ट्रिक अफ कोलम्बिया (डिसी);
जुलाई १६ सम्म त्यहाँ राज्यस्तरको कुनै त्यस्तो भ्रमण प्रतिबन्द लगाईएको छैन ।
फ्लोरिडा;
न्युयोर्क, न्युजर्सी र कनेक्टिकटबाट फ्लोरिडा जानेले आफ्नै खर्चमा १४ दिन क्वारेन्टिनमा बस्नै पर्दछ । यो नियमलाई उलंघन गर्नेले कि त ५ सय डलर जरिवाना तिर्नु पर्ने वा ६० दिनसम्म जेल बस्नु पर्ने नियम फ्लोरिडामा छ ।
जर्जिया;
जुलाई १६ सम्म त्यहाँ राज्यस्तरको कुनै त्यस्तो भ्रमण प्रतिबन्द लगाईएको छैन ।
हवाई;
हवाईमा दुई हप्ता वा बसुन्जेल (जुन अबधि थोरै हुन्छ) सम्म क्वारेन्टिनमा बस्नै पर्ने वाध्यकारी नियम बनाईएको छ । यदि यो नियम उलंघन भयो भने ५ हजार अमेरिकी डलर जरिवाना वा १ बर्षसम्मको जेल सजाय तोकिएको छ । आगामी सेप्टेम्बर १ तारिखदेखि भने ७२ घण्टा भित्रको नेगेटिभ टेस्ट रिजल्ट देखायो भने माथिका दुबै ब्यबस्था लागू हुने छैन ।
आईडाओ;
आईडाओको बोइसी सहर र एडा काउन्टीका केही सहरमा १४ दिन सेल्फ क्वारेन्टिनको ब्यबस्था गरिएको भए पनि अन्य सहरमा भने अर्थतन्त्र सुचारु गर्ने क्रममा छन् ।
ईलिनोई;
राज्यस्तरमा त्यस्तो कुनै त्यस्तो बन्देज नभए पनि अलाबामा, एरिजोना, आर्कान्सास, क्यालिफोर्निया, फ्लोरिडा, जर्जिया, आईडाओ, लुजियाना, मिसिसिपी, नेभाडा नर्थ क्यारोलाइना, साउथ क्यारोलाइना, टेनेसी, टेक्सास, युटाहाबाट शिकागो आउने वा शिकागो फर्किनेलाई १४ दिनको क्वारेन्टिनको ब्यबस्था गरिएको छ । यो नियम उलंघन गर्नेलाई प्रति दिन ५ सय डलर जरिवाना गराईने छ भने त्यो जरिवाना ७ हजार अमेरिकी डलरसम्म हुनेछ ।
ईन्डियाना;
जुलाई १६ सम्म त्यहाँ राज्यस्तरको कुनै त्यस्तो भ्रमण प्रतिबन्द लगाईएको छैन ।
आईवा;
जुलाई १६ सम्म त्यहाँ राज्यस्तरको कुनै त्यस्तो भ्रमण प्रतिबन्द लगाईएको छैन ।
कान्सास;
एरिजोना र फ्लोरिडाबाट कान्सास आउने वा कान्सास फर्किनेलाई १४ दिनको क्वारेन्टिनको ब्यबस्था गरिएको छ ।
केन्टकी;
जुलाई १६ सम्म त्यहाँ राज्यस्तरको कुनै त्यस्तो भ्रमण प्रतिबन्द लगाईएको छैन ।
लुजियाना;
जुलाई १६ सम्म त्यहाँ राज्यस्तरको कुनै त्यस्तो भ्रमण प्रतिबन्द लगाईएको छैन ।
मेन;
भर्मोन्ट, न्यु हेम्सायर, कनेक्टिकट, न्युयोर्क, न्युजर्सीबाट मेन आउने तर कमर्सियल लज लिएर बस्नेको लागि अन्य प्रावधानको ब्यबस्था नभए पनि अन्यका लागि भने १४ दिन क्वारेन्टिन वा ७२ घण्टा भित्र कोरोना नेगेटिभ भएको प्रमाण पेश गर्नु पर्ने ब्यबस्था छ । लज तथा होटेलमा बसोबास गर्नेलाई बाहिर हिडडुल गर्नका लागि समय सिमित गरिएको छ ।
मेरिल्यान्ड;
जुलाई १६ सम्म त्यहाँ राज्यस्तरको कुनै त्यस्तो भ्रमण प्रतिबन्द लगाईएको छैन ।
म्यासाच्युसेट्स;
रोड आईल्याण्ड, कनेक्टिकट, भर्मोन्ट, न्यु ह्यम्सायर, मेन, न्युयोर्क र न्युजर्सी बाहेकका राज्यहरुबाट म्यासाच्युसेट्स जाने पर्यटक वा राज्यकै बासिन्दा भए पनि १४ दिन क्वारेन्टिनमा बस्नै पर्ने गरिएको छ ।
मिचिगन;
जुलाई १६ सम्म त्यहाँ राज्यस्तरको कुनै त्यस्तो भ्रमण प्रतिबन्द लगाईएको छैन ।
मिनियासोटा;
जुलाई १६ सम्म त्यहाँ राज्यस्तरको कुनै त्यस्तो भ्रमण प्रतिबन्द लगाईएको छैन ।
मिसिसिपी;
जुलाई १६ सम्म त्यहाँ राज्यस्तरको कुनै त्यस्तो भ्रमण प्रतिबन्द लगाईएको छैन ।
मिजौरी;
जुलाई १६ सम्म त्यहाँ राज्यस्तरको कुनै त्यस्तो भ्रमण प्रतिबन्द लगाईएको छैन ।
मोन्टाना;
जुलाई १६ सम्म त्यहाँ राज्यस्तरको कुनै त्यस्तो भ्रमण प्रतिबन्द लगाईएको छैन ।
तर चर्चित ग्लासियर नेशनल पार्कको भने पश्चिम ढोका मात्र खोलिएको छ । पूर्वी प्रबेशद्वार भने कम्तिमा पनि अगष्टसम्म बन्द रहने बताइएको छ ।
नेब्रास्का;
जुलाई १६ सम्म त्यहाँ राज्यस्तरको कुनै त्यस्तो भ्रमण प्रतिबन्द लगाईएको छैन ।
नेभाडा;
जुलाई १६ सम्म त्यहाँ राज्यस्तरको कुनै त्यस्तो भ्रमण प्रतिबन्द लगाईएको छैन ।
न्यु ह्यम्सायर;
गैह्र न्यु-ईङ्ल्याण्ड राज्यबाट आउने सबैलाई दुई हप्ता क्वारेन्टिन बस्नु पर्ने ब्यबस्था गरिएको छ ।
न्युजर्सी;
कोरोना संक्रमितको संख्या ह्वात्तै बढेका २२ राज्यबाट न्युजर्सी भएर अन्य राज्य जाने बाहेक सबैलाई १४ दिने क्वारेन्टिनको नियम बनाएको छ । यो नियम हालै कोरोना संक्रमण नेगेटिभ आएकाको हकमा समेत लागू भएको छ ।
न्युजर्सीले अलाबामा, एरिजोना, आर्कान्सास, क्यलिफोर्निया, फ्लोरिडा, जर्जिया, आईडाओ, आईवा, कान्सास, लुजियाना, मिनियासोटा, मिसिसिपी, नेभाडा, न्यु मेक्सिको, नर्थ क्यारोलाइना, ओहायो, ओक्लोहामा, साउथ क्यारोलाइना, टेनेसी, टेक्सास, युटाहा, विस्कन्सिनबाट आउनेलाई क्वारेन्टिनको ब्यबस्था गरेको हो ।
न्यु मेक्सिको;
अन्य राज्यबाट आउने वा राज्यमा फर्किने सबैलाई क्वारेन्टिन बस्नु पर्ने ब्यबस्था छ ।
न्युयोर्क;
न्युयोर्कमा पनि न्युजर्सीमा जस्तै २२ राज्यबाट आउनेले जसले २४ घण्टा भन्दा धेरै न्युयोर्कमा बिताउँदछ उसले १४ दिन क्वारेन्टिन बस्नु पर्ने नियम छ ।
बिमानस्थलमा अबतरण हुनेले भने हेल्थ डिपार्टमेन्टको ट्राभलर फर्म भर्नै पर्ने ब्यबस्था छ अन्यथा २ हजार अमेरिकि डलर जरिवाना तोकिएको छ ।
नर्थ क्यारोलाइना;
जुलाई १६ सम्म त्यहाँ राज्यस्तरको कुनै त्यस्तो भ्रमण प्रतिबन्द लगाईएको छैन ।
नर्थ डकोटा;
जुलाई १६ सम्म त्यहाँ राज्यस्तरको कुनै त्यस्तो भ्रमण प्रतिबन्द लगाईएको छैन ।
ओहायो;
१४ दिन क्वारेन्टिनमा बस्नु पर्ने ब्यबस्था छ ।
ओक्लोहामा;
जुलाई १६ सम्म त्यहाँ राज्यस्तरको कुनै त्यस्तो भ्रमण प्रतिबन्द लगाईएको छैन ।
ओरेगन;
जुलाई १६ सम्म त्यहाँ राज्यस्तरको कुनै त्यस्तो भ्रमण प्रतिबन्द लगाईएको छैन ।
पेन्सिल्भानिया;
पेन्सिल्भानियाले पनि संक्रमितको संख्या बढेका २० वटा राज्यबाट आउनेलाई १४ दिन क्वारेन्टिनमा बस्नु पर्ने ब्यबस्था गरेको छ । ती राज्यहरु अलाबामा, एरिजोना, आर्कान्सास, क्यालिफोर्निया, फ्लोरिडा जर्जिया, आईडाओ, आईवा, कान्सास, लुजियाना, मिसिसिपी, नेभाडा, नर्थ क्यारोलाइना, ओहायो, ओक्लोहामा, साउथ क्यारोलाइना, टेनेसी, टेक्सास, युटाहा र विस्कन्सिन छन् ।
रोड आईल्याण्ड;
दैनिक ५ प्रतिशत भन्दा धेरै कोरोना संक्रमित दर भएको राज्यबाट आउनेलाई १४ दिन क्वारेन्टिनको ब्यबस्था गरिएको छ । अथवा बिकल्पको रुपमा ७२ घण्टा भित्रको कोरोना नेगेटिभ रिजल्ट भएकाको हकमा क्वारेन्टिन बस्न नपर्ने ब्यबस्था छ । अथवा क्वारेन्टिनमा बसेको अवस्थामा पनि जाँच गरेर नेगेटिभ रिपोर्ट देखाएको अवस्थामा क्वारेन्टिन मुक्त हुन पाउनेछ ।
साउथ क्यारोलाइना;
२२ वटा राज्यबाट आउनेहरुलाई १४ दिन क्वारेन्टिन बस्नु पर्ने ब्यबस्था छ ।
साउथ डकोटा;
जुलाई १६ सम्म त्यहाँ राज्यस्तरको कुनै त्यस्तो भ्रमण प्रतिबन्द लगाईएको छैन ।
टेनेसी;
जुलाई १६ सम्म त्यहाँ राज्यस्तरको कुनै त्यस्तो भ्रमण प्रतिबन्द लगाईएको छैन ।
टेक्सास;
जुलाई १६ सम्म त्यहाँ राज्यस्तरको कुनै त्यस्तो भ्रमण प्रतिबन्द लगाईएको छैन ।
युटाहा:
जुलाई १६ सम्म त्यहाँ राज्यस्तरको कुनै त्यस्तो भ्रमण प्रतिबन्द लगाईएको छैन ।
भर्मोन्ट;
उत्तर पूर्वी १६ वटा राज्यबाट प्राईभेट गाडी चढेर आउनेलाई क्वारेन्टिनको ब्यबस्था छैन ।
भर्जिनिया;
जुलाई १६ सम्म त्यहाँ राज्यस्तरको कुनै त्यस्तो भ्रमण प्रतिबन्द लगाईएको छैन ।
वासिङ्टन;
जुलाई १६ सम्म त्यहाँ राज्यस्तरको कुनै त्यस्तो भ्रमण प्रतिबन्द लगाईएको छैन ।
वेष्ट भर्जिनिया;
जुलाई १६ सम्म त्यहाँ राज्यस्तरको कुनै त्यस्तो भ्रमण प्रतिबन्द लगाईएको छैन ।
विस्कन्सिन;
क्वारेन्टिन लगायतका त्यस्ता कुनै ब्यबस्था गरिएको छैन यद्यपी राज्यमा बसोबास गर्नेहरुलाई अत्याधिक जरुरी नभएसम्म अन्य राज्यमा नजान भनिएको छ ।
ह्योमिङ्;
जुलाई १६ सम्म त्यहाँ राज्यस्तरको कुनै त्यस्तो भ्रमण प्रतिबन्द लगाईएको छैन ।
श्रोत: न्युयोर्क टाईम्स