गोकर्णमा ट्रिपरले ठक्कर दिँदा एकको मृत्‍यु


अमृता के सी ( रोनी )
काठमाडौँ, असार ११।काठमाडौँको गोकर्णेश्वरमा ट्रीपरले ठक्कर दिँदा शुक्रबार बिहान एक जनाको ज्यान गएको छ ।

जगडोलबाट गोकर्ण तर्फ जादैँ गरेको साइकल चालकलाई गोकर्णेश्वर नगरपालिका ९ मा बा ४ ख ८२२९ नम्बरको ट्रीपरले ठक्कर दिँदा अन्दाजी ३० वर्षका एक पुरुषको ज्यान गएको प्रहरीले जनाएको छ ।

उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारका क्रममा ज्यान गएको हो । ट्रीपर चालकलाई प्रहरीले हिरासतमा लिएको छ भने मृतकको परिचय अझै खुलेको छैन ।घटनाको प्रहरीले अनुसन्धान गरिरहेको छ।