अमृता के सी ( रोनी )
काठमाडौं, श्रावण २४ । गोकर्णेश्वर नगरपालिकाले वडा नं ३ स्थित गाम्चामा कुखुराको चल्ला वितरण गरेको छ।नगरपालिकाले विपन्न वर्गका लागि आय-आर्जन गर्न प्रेरित गर्ने उदेश्यका साथ वस्तुगत टेवा कार्यक्रम अन्तर्गत कुखुराका चल्ला वितरण गरेको हो । महिला समुहलाई लक्षित गरि करिब ५१ घर परिवारका महिला दिदी बहिनीहरुलाई आय आर्जन गर्न प्रेरित गर्ने उदेश्यका साथ करिब १०२० वटा कुखुराको चल्लाहरु नगर प्रमुख सन्तोष चालिसेले शनिबार एक कार्यक्रम बिच वितरण गरेका हुन्।

कुखुराका चल्ला वितरण कार्यक्रममा गोकर्णेश्वर नगरपालिका उप-प्रमुख शान्ति नेपाल, प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद आचार्य, स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद उपाध्यय,सामाजिक विकास शाखा प्रमुख गोमा प्रसाईं, नगर कानुनी सल्लाहकार विनय कुमार पण्डित, गो.न.पा. ३ वडा सदस्य लक्ष्मि भण्डारी लगायत स्थानियहरुको बाक्लो उपस्तिथि रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै उप प्रमुख नेपालले नगरपालिकाबाट उक्त क्षेत्रका महिला दिदिबहिनी साथै स्थानियको जीवनस्तर उकास्न समय समयमा विभिन्न कार्यक्रम गर्दै आएको बताइन्।साथै वितरण गरेको चल्लालाई उत्पादन मुखी बनाएर वस्तिमा आर्थिक समृद्धिलाई टेवा पुग्ने हेतुले व्यवसाय सुरु गर्न समेत अनुरोध गरिन् ।भने नगर प्रमुख सन्तोष चालिसेले वितरण गरेको एक घर प्रती २० वटा चल्लाबाट सयौं चल्ला उत्पादन गरि उत्पादनलाई व्यवसायीक हिसाबले सुरु गर्न सुझाव दिए। चालिसेले स्थानिय निकाय संग आफ्नो ठाउँ अनुसारको आवश्यकता पर्ने जस्ले उत्पादनका साथै आर्थिक उपार्जन गरि आय आर्जनको बाटो अगाडि बढाउन सक्ने कार्यक्रमको माग गरि स्वरोजगार हुन समेत आग्रह गरेका छन् ।
