अमृता के सी ( रोनी )
काठमाडौँ, श्रावण १ । गोकर्णेश्वर नगरपालिकाले नगरका किसानहरुलाई मिनी टेलर ( ट्याक्टर ) प्रदान गरेको छ ।नगरपालिकाको आफ्नो तर्फबाट ५० प्रतिशत अनुदान र बाँकी किसान समूह स्वयमले व्यहोर्ने गरी ट्याक्टर वितरण गरेको हो ।नगरपालिकाको कृषि विकास शाखाको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत नगरपालिकाका इच्छुक किसानहरुको मागको आधारमा १५ वटा मिनी टेलर एक/एक वटाको दरले बुधबार एक कार्यक्रमका बीच कृषक समूहलाई वितरण गरिएको हो ।नगरपालिकाले जेठ ८ गते पनि १५ वटा ट्याक्टर ५० प्रतिशत अनुदानमा वितरण गरेको थियो ।

कृषि शाखा प्रमुख इन्दिरा खड्काले कृषिमा उन्नत प्रविधि मार्फत् श्रम र लागत घटाइ उत्पादन वृद्धि गराउन कृषकको माग अनुसार कृषकहरुलाई कृषि पेशामा प्रेरित गराउन ५० प्रतिशत अनुदानमा कृषि उपकरण मिनी टेलर वितरण गरेको बताईन् ।
किसानलाई कृषि आधुनिकीकरण तर्फ आकर्षित गर्न र उत्पादन लागत घटाइ उत्पादन बढाउन किसान समूहलाई मिनी टेलर हस्तान्तरण गरिएको नगर प्रमुख सन्तोष चालिसेले जानकारी गराए ।

कार्यक्रममा नगर उप प्रमुख शान्ति नेपाल, प्रमुख प्रसाशकिय अधिकृत राम प्रसाद आचार्य, शाखा प्रमुख टंकनाथ घिमिरे, नगर प्रवक्ता एवं वडा ८ का अध्यक्ष मनोज कुमार ढुंगाना, नगर प्रमुख सल्लाहकार दिपक रिसाल, वडा १ का अध्यक्ष राम मानन्धर ,वडा ४ का अध्यक्ष श्रीकुमार श्रेष्ठ, वडा ६ का वडा सदस्य नवराज लामा, वडा ८ का वडा सदस्य नन्दलााल श्रेष्ठ, लगायत कृषकहरुको उपस्थिति रहेको थियो ।
