अमृता के सी ( रोनी )
काठमाडौँ, बैशाख ९ ।
गोकर्णेश्वर नगरपालिका वडा नम्बर ४ स्थित गोकर्णेश्वर महादेव मन्दिरमा रहेको गदाधर नारायण तथा पार्वती माताको मन्दिरमा गजुर राखिएको छ।श्री महादेव मन्दिर छाना निर्माण सर्वाङ्गीण विकास समन्वय समितिको आयोजनामा बैशाख ९ गते बिहीबार दिउँसो १ बजे नगर प्रमुख सन्तोष चालिसेद्वारा सुनको जलप सहितको गजुर राखिएको हो ।

गजुर प्रतिस्थापन कार्यक्रममा नगर प्रवक्ता एवं वडा ८ का अध्यक्ष मनोज कुमार ढुंगाना, नगर सल्लाहकार दिपक रिसाल ,वडा १ का अध्यक्ष राम मानन्धर , वडा ४ का अध्यक्ष श्रीकुमार श्रेष्ठ ,वडा ५ का अध्यक्ष नारायण बहादुर सुवेदी , वडा ६ का अध्यक्ष रमेश अर्याल , वडा ९ का अध्यक्ष राजिब थापा, वडा ४ का वडा सदस्य जयराम महत, गोकर्ण प्रहरी प्रभागका प्रहरी नायब निरीक्षक ज्ञान कुमार कट्टेल,सुनौलो पाइलाकि अध्यक्ष एवं समाजसेवी रोज बिष्ट, गोकर्ण महिला संजालकी सचिव अम्बिका निरौला, समाजसेवी प्रमिला शेर्पा लगायत मन्दिर व्यवस्थापन समितिका पदाधिकारीहरुको उपस्थिति रहेकोे थियो ।

मन्दिरलाई २०७२ सालको भूकम्पले क्षति पुर्याएकाे थियो। ऐतिहासिक धार्मिक महत्व बोकेको मन्दिरलाई लेपनबाट आकर्षक बनाइ पशुपतिनाथ मन्दिर जस्तै बनाउन २०७५ साल मंसिर महिनाबाट स्वर्णलेपनको काम थालिएको श्री महादेव मन्दिर छाना निर्माण सर्वाङ्गीण विकास समन्वय समितिका सचिव ईश्वर पाण्डेले जानकारी दिए।गोकर्णश्वर मन्दिरमा प्रत्येक वर्षको कुशे औँशीका दिन ठूलो मेला लाग्ने गर्दछ।
