
अमृता के सि (रोनी)
काठमाडौं फागुन १६/गोकर्णेश्वर नगरपालिका वडा नं ४ वडा कार्यालयको सभाहलमा गोकर्ण स्थित सुनौलो पाइला संस्थाको आयोजनामा बालबालिका उपर हुने घरेलु हिंसा सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।फाल्गुन १४ गते गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठले उद्घाटन गरेको घरेलु हिंसा सम्बन्धि अन्तरक्रिया कार्यक्रम लगातार ३ दिनसम्म संचालन गरिएको थियो।
कार्यक्रममा गोकर्णेश्वर नगरपालिका बालबालिका शाखा प्रमुख गोमा प्रसाईं,गोकर्णेश्वर नगरपालिका सामाजिक बिकास शाखा प्रमुख भिमा थापा,गो न पा वडा नं ४ वडा सदस्य जयराम महत,सहयोगी माध्यमिक विधालयका प्रधान अध्यापक निर्माण न्यौपाने, सहयोगी मा विका शिक्षक बद्री ढुंगेल,सहयोगी मा बि का करिब ६० जना विद्यार्थीहरुको साथै सुनौलो पाइला पदाधिकारीहरुको उपस्थिति रहेको थियोे।

गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा संचालित कार्यक्रममा गोकर्णेश्वर नगरपालिका बालबालिका शाखा प्रमुख गोमा प्रसाईंले प्रशिक्षण दिएकी थिईन्।अन्तरक्रिया कार्यक्रममा घरेलुु हिंसा कस्तो हुन्छ?कति प्रकारको हुन्छ?हिंसा भए कहाँ उजुरी गर्ने?कसरी आफ्नो सुरक्षा गर्ने ?जस्ता बिषय बस्तु समाबेश गरिएको थियो। कार्यक्रममा वक्ताहरूले बालबालिकाहरुलाई मनोबल बढाउन धेरै हदसम्म कार्यक्रमले टेवा पुग्ने भएकोले आयोजकलाई धन्यवाद साथै विधार्थीहरुलाई शुभकामना दिएका थिए ।
कार्यक्रमको सभापतित्व सुनौलो पाइला संस्थाको संचालिका रोजिना बिष्टले गरेकी थिइन्।कार्यक्रममा संस्थाकि सभापति रोजिनाले “ कोभिडको कारण समाजमा बालबालिका माथि धेरै घरेलुु हिंसा हुने गरेको साथै आफुले सम्झाउदा उल्टै आफैलाई अपमान गरेको “अनुभब सार्वजनिक गरेकी थिईन्।त्यसै भएर सम्बन्धि निकायले नै यसबारे सचेतना दियो भने बालबालिका आफै सचेत हुने साथै बालबालिका उपर हुने जुनसुकै हिंसा रोकथाम तथा न्यूनीकरण गर्न सहयोग पुगोस भनेर उक्त कार्यक्रमको आयोजना गरेको बताइन्।

