काठमाडौं । पौडीवाज किशोरी गौरिका सिंहले जारी दक्षिण एसियाली खेलकुद (साग)मा नेपाली खेलाडीका लागि एक दूर्लभ रेकर्ड राखेकी छिन् ।
उनले सोमबार भएको प्रतिस्पर्धामा स्वर्ण जित्दै एउटै सागमा ४ स्वर्ण जित्ने कीर्तिमान कायम गरेकी हुन् । उनले सोमबार १०० मिटर फ्रीस्टाइलमा स्वर्ण पदक जित्दै चौथो स्वर्ण हात पारेकी हुने ।
उनले १०० मिटर फ्रीस्टाइल ५८.१३ सेकेन्डमा पूरा गरेकी छिन् । उनले भारतीय पौडस्वाज शिवांगी शर्मालाई उछिनिन् । सागमा धेरै स्वर्ण पदक जितेको कीर्तिंमान तेक्वान्दो खेलाडी दीपक विष्टको नाममा छ ।
गौरिकाले दीपकको कीर्तिमान बराबरीसमेत गरेकी छिने । तर, दीपकले चार स्वर्ण जित्न चार वटै साग खेलेका छन् । गौरिकाले भने एकै सागमा यो उपलब्धी हाँसिल गरेकी हुन् ।
यस सागमा उनको नाममा चार स्वर्णसहित ८ पदक पुगेको छ । उनले दुई रजत र दुई काश्य पदकसमेत जिथेकी छिन् ।
गौरिकाले राखेको यो दूर्लभ रेकर्ड उनी स्वयमबाहेक अर्को खेलाडीले तत्काल तोड्ने सम्भावना कम छ । किनकी उनी मात्र १७ वर्षकी भइन् । उनले अझै धेरै सागमा सहभागिता जनाउन सक्ने उमेर बाँकि छ ।