चर्किदै नेकपा कर्णालीको विवाद: मुख्यमन्त्रीले गुलावजंगलाई प्रमुख सचेतकबाट हटाए

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०कर्णाली प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गुलावजंग शाहलाई प्रमुख सचेतकबाट हटाएका छन् ।

सचेतक शाहको काम कारबाही सन्तोषजनक नभएको भन्दै मुख्यमन्त्रीले जिम्मेवारीबाट हटाएका हुन् । मुख्यमन्त्री शाहीले उनको ठाउँमा सीता नेपालीलाई नियुक्त गरेका छन् ।

नेकपाबाट कर्णाली प्रदेशको प्रदेशसभामा ३३ जना सांसद छन् । त्यो मध्येबाट १८ जनाले नेकपाको संसदीय दलको नेता समेत रहेका मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

शाहीविरुद्ध हस्ताक्षर गर्नेमा पुर्व माओवादीका ३ जना सांसद समेत रहेका छन् । नेकपा संसदीय दलका प्रमुख सचेतक गुलावजंग शाह समेत शाहीलाई दल नेताबाट हटाउने पक्षमा थिए ।