मुम्बई । स्वर कोकिलाका नामबाट चर्चित भारतीय गायिका लता मंगेश्वरको स्वास्थ्य अवस्था चिन्ताजनक बनेको छ । ९२ वर्षिय उनलाई कोरोना र निमोनिया देखिएपछि अस्पतालमा भर्ना गरिएको छ । उनको भेन्टिलेटरको सहायतामा उपचार जारी रहेको र स्वास्थ्य अवस्था निकै खराब बनेको चिकित्सकले बताएका छन् । उनलाई मुम्बईस्थित ब्रीच क्याण्डी अस्पतालमा भर्ना गरिएको छ ।
भारतीय समाचार एजेंसी एएनआईका अनुसार उनको उपचारमा संलग्न डा. प्रतीत समदानीले लताको चिन्ताजनक अवस्थामा उपचार भइरहेको बताएका छन् । यसअघि ८ जनवरीमा चिकित्सकले उनी निको भएको बताएका थिए । त्यसबेला भेन्टिलेटर सहायता हटाइएको थियो ।
उनको स्वास्थ्य अवस्थाबारे अफवाह नफैलियासे भनेर चिकित्सकले पछिल्लो अवस्थाबारे निरन्तर अपडेट गराइरहेका छन् । ुभारत रत्नुबाट सम्मानित लताले पछिल्लो ७ दशकदेखि निरन्तर संगितमा योगदान गरिरहेकी छिन् ।