काठमाडौं । चर्चित भारतीय गायक अरिजीत सिंह नेपाल आउने भएका छन् । गराज इन्टरटेनमेन्ट र एमएन प्रोडक्सनले आयोजना गर्ने अरिजीत सिंह लाइभ इन नेपालका लागि उनी मंसिर ९ मा नेपाल आउनेछन् ।
हायात ग्राउन्डमा हुने लाइभ कार्यक्रममा अरिजीत नेपाली प्रशंसकहरूबीच गुञ्जने छन् । सिंहका थुप्रै गीतहरु चर्चित छन् । अगर तुम साथ हो, कबिरा, तु हे तो मुझे, केसरिया तेराु, झुमे जो पठान, खैरियत, अपना बनालेुलगायत उनका थुप्रै गीत चर्चित छन् । एमएन प्रोडक्सनका निर्देशक निल विक्रम शाहीले आफूहरुका लागि यो कार्यक्रम अपेक्षित र ऐतिहासिक रहेको बताए ।
‘संगीत मन पराउने दर्शकलाई विश्वकै तेस्रो स्ट्रिमिङमा पर्ने गायकलाई ल्याउँदैछौं भन्ने जानकारी गराउन पाउँदा खुसी छौं, उनले भने । अरिजीतले कार्यक्रममा ३–४ घन्टा प्रस्तुति दिनेछन् । मोबाइल वालेट ‘खल्ती’का विनय खड्काले पनि गराज र एमएनको यो कार्यक्रमसँग आबद्ध हुँदा खुसी व्यक्त गरेका छन् । अरिजीत सिंहलाई नेपाल ल्याउने भनेर ८–९ वटा इभेन्ट अर्गनाइजर आाइपुग्नु भएको थियो । सुरुमा आउने गराज थियो र यसलाई सफल बनाउने पनि यही बन्यो, उनले भने, खल्तीले विगत ७ वर्षदेखि मनोरञ्जन, इभेन्ट कार्यक्रममा सहकार्य गर्दैआएको छ।
गराजका रसिक भट्टराईले मुम्बईसम्म पुगेर अरिजीतको टिमलाई भेटेपछि उनलाई नेपाल ल्याउन सम्भव भएको बताए । आफूहरुले १५ हजार दर्शक अपेक्षा गरेको पनि आयोजकको भनाइ छ । लाइभको साधारण टिकट ४ हजारबाट सुरु हुने जनाइएको छ । साउन ३० बाट नै टिकट बिक्री खुला हुने बताइएको छ । साथै टिकट खल्ती डिजिटल वालेटबाट मात्रै खरिद गर्न सकिने छ ।
‘नेपालमा विगत लामो समयदेखि विभिन्न कलाकार, सर्जक, गायक तथा संगीतकारहरूलाई एउटै छातामार्फत व्यवस्थापन, संगीत सिर्जना, वितरण तथा कन्सर्टहरु आयोजना गर्दै आएको गराज इन्टरटेनमेन्ट र एमएन प्रोडक्सनले नेपालमा यस क्षेत्रको विकासका लागि थप योगदान पुर्याउने हेतुले भविष्यमा पनि यस्तै प्रकारका कार्यक्रमहरू आयोजना गर्नेछ’, आयोजकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।