चारदेशीय टी-२० सिरिज : आज नेपाल र यूएई भिड्दै

File

काठमाडौं । ओमानमा जारी चार देशिय टी-२० सिरिजमा आज दोस्रो खेलमा नेपाल र युएई भिड्दैछन् । खेल मस्कटस्थित अल अमरेट क्रिकेट ग्राउण्डमा नेपाली सयम अनुसार ११ : ४५ बजे सुरु हुने गरि तय भएको छ । आईसीसी टी-२० विश्वकप ग्लोबल क्वालिफायर ए को तयारी स्वरुप यो प्रतियोगिता भइरहेको छ । सिरिजको पहिलो खेलमा नेपालले घरेलु टोली ओमानलाई शुक्रबार हराएको हो । नेपाल आज उच्च मनोवलका साथ मैदानमा हुने छ । यूएईले सिरिजमा पहिलो खेल खेल्दैछ । नेपालसहित चारै टोली ग्लोबल क्वालिफायर खेल्न ओमान पुगेका हुन् । नेपालको अन्तिम खेल सोमबार आयरल्याण्डसँग रहेको छ ।