प्रहरीले मेक्सिको सहरमा गत १२ तारिख शुक्रबार ३५ बर्षीय एक ब्यक्तीलाई ‘पेस्तोल र गोलीका’ स्याण्डवीच सहित पक्राऊ गरेको छ । आत्तिएको अवस्थामा एक बस स्टेसनको मेटल डिटेक्टर अगाडि उभिएका ती ब्यक्तीलाई शंकाका आधारमा प्रहरीले खानतलासी गर्दा दुई पाउरोटीको बीचमा चिकेनको सट्टा पेस्तोल र गोली राखेर स्याण्डवीच बनाई फ्वाईल पेपरले बेरेको देख्दा प्रहरी जिल्ल परेको समाचार एजेन्सीहरुले जनाएका छन् । ती ब्यक्ती पेस्तोल साहित बस स्टेसनको मेटल डिटेक्टर पार गरेर बसमा यात्रा गर्ने प्रयासमा रहेको जनाईएको छ भने ब्यक्तीको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।
सन्धिग्द ब्यक्ती कुन प्रयोजनमा पेस्तोल लिएर बस चढन खोजेका थिए त्यो भने प्रष्ट नभएको समाचार एजेन्सीहरुले जनाएका छन् । प्रहरीले सन्धिग्द ब्यक्तीलाई नियन्त्रणमा लिएको छ ।
श्रोत : लाईफ्स्ली डट कम