काठमाडौं । चितवन-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरसहित विजयी भएका छन्।
७८ हजार २७७ मत गणना हुँदा लामिछानेले ५४ हजार २७६ मत पाए । यस्तै कांग्रेसका जितनारायण श्रेष्ठले ११ हजार २५१ मत पाउँदा एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९३५ मत पाए ।
गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा भन्दा पनि धेरै मत पाएर उनले रेकर्ड ब्रेक गरेका छन् । मंसिरको चुनावमा लामिछानेले ४९३०० मत पाएका थिए। उक्त क्षेत्रमा दोस्रो भएका कांग्रेसका उमेश श्रेष्ठले १४९८८ मत पाएका थिए। उनीहरूबीचको मतान्तर ३४३१२ थियो।