जङ्जो । चीनमा बाढीको कहर जारी छ । मङ्गलवार त्यहाँ एक व्यस्त भूमिगत रेल स्टेशनमा बाढी पसेको छ । यसले ठूलो भौतिक क्षति गरेको छ । यात्रुमा भने भागाभाग भएको बीबीसीले लेखेको छ । केही मानिसलाई बाढीले बगाएर प्लेटफर्म भन्दा टाढासम्म पुर्याएको छ । रेलको एउटा खण्डमा पानी छिरेर मानिसहरूको घुँडाबाट कम्मर हुँदै पछि घाँटीसम्म पुगेको समाचारमा उल्लेख छ । कैयौँ घण्टापछि त्यहाँ फसेका मानिसहरुलाई उद्धार गरिएको थियो ।
यो जङ्जो सहरुको घटना हो । जङ्जो सहरमा क्रमिक रूपमा सयौँ मानिसहरूलाई बाढीका कारण डुबेको सबवेबाट बचाउन उद्धारकर्ताहरू सफल भएको समाचारमा जनाइएको छ । खनान प्रान्तस्थित एल्लो रिभरको किनारमा रहेको उक्त सहरमा १ करोड २० लाख मानिस बस्छन् । पछिल्लो घटनामा कम्तीमा १२ जनाको मृत्यु भएको र पाँच जना घाइते भएको समाचार छ ।