काठमाडौं । सरकारले चूनाव घोषणा गरेसँगै रणनीति बनाउन सत्ता गठबन्धनको बैठक आज बस्ने भएको छ । बैठक बिहान ९ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ । सरकारले बिहीबारको मन्त्रिपरिषद बैठकबाट प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन आगामी मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको थियो ।
सत्ता साझेदार दलहरुबीच स्थानीय तह निर्वाचनमा जस्तै गठबन्धन गरेर निर्वाचनमा जाने विषयमा छलफल हुँदै आएको छ । तर उनीहरुबीच सिट बाँडफाँटको विषयमा कुरा मिलिसकेको छैन । आजको बैठकमा सिट बाँडफाँट र चुनावको रणनीतिका विषयमा छलफल हुनेछ । गठबन्धन भित्र पनि कम्यूनिष्ट घटकहरुले सम्मानजनक सीट दिनु पर्ने माग गरिरहेका छन् ।