पोर्टो । इंग्लिस क्लब चेल्सी यो सिजनको युरोपियन च्याम्पियन्स लिग विजेता बनेको छ । शनिबार राती पोर्चुगलको पोर्टोमा भएको फाइनलमा अर्को इंग्लिस क्लब म्यानचेस्टर सिटीमाथि १-० गोल अन्तरको जित निकाल्दै चेल्सी विजेता बनेको हो । चेल्सीले खेलको ४२ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।
चेल्सीका लागि काइ हभार्ट्जले गोल गरे। सन् २०१२ मा पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जितेको चेल्सीको यो दोस्रो उपाधी हो । यो सिजन इंग्लिस प्रिमियर लिग च्याम्पियन बनेको सिटी पहिलो पटक च्याम्पियन्स लिगको फाइनल पुगे पनि इतिहास रच्नबाट चुक्यो ।