काठमाडौं । जारी च्याम्पियन्स लिग फुटबलमा इटालियन क्लव युभेन्टसलाई पोर्चुगिज क्लब एफसी पोर्टोले युभेन्टसलाई २–१ गोल अन्तरले हराएको छ । युभेन्ट्स क्रिष्टियानो रोनाल्डोसहित मैदान उत्रिएको थियो । बुधबार राती सम्पन्न खेलमा एफसी पोर्टो र बोरुसिया डर्टमन्ड विजयी भएका हुन् । घरेलु मैदानमा भएको खेलको पहिलो मिनेटमै एफसी पोर्टोका मेदी तारेमीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
खेलको ४६ औं मिनेटमा मौसा मारेगाले अर्को गोल गर्दै अग्रता दोब्बर पारे । युभेन्टसले ८२ औं मिनेटमा गोल फर्काउँदै खेलमा फर्कने कोसिस गरेको थियो । तर, त्यसपछि गोल हुन नसकेपछि पोर्टो विजयी भएको छ । गएराति नै भएको अर्कोे खेलमा जर्मन क्लब बोरुसिया डर्टमण्डले स्पेनिस क्लब सेभिल्लालाई २–३ गोल अन्तरले हरायो ।