काठमाडौं । यूईएफए च्याम्पियन्स लिगको क्वाटर फाइनलको पहिलो लेगमा रियल मड्रिडले चेल्सीलाई पराजित गरेको छ । रियलका लागि करिम बेन्जिमाको ह्याट्रिक गरे । रियलले साविक विजेता चेल्सीलाई उसकै मैदानमा ३–१ गोलले हराएको हो । खेलको २१, २४ र ४६ औँ मिनेटमा बेन्जिमाले गोल गरे । चेल्सीका काइ हाभर्टजले एक गोल फर्काए पनि त्यो खेलमा फिर्ता हुन पर्याप्त भएन । जितसँगै रियलले च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । अर्को खेलमा भिल्लारियलले बार्यन म्युनिखलाई १–० गोलले हरायो ।
च्याम्पियन्स लिग : रियल म्याड्रिडले चेल्सीलाई हरायो
