जगडोलमा आइसोलेसन सेन्टर पुन सञ्चालन गरिदै


अमृता के सी ( रोनी )
काठमाडौँ, बैशाख २७ ।गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित जगडोलमा आइसोलेसन सेन्टर पुन सुचारु गरिने भएको छ ।कोभिड १९ को पहिलो महामारीमा नगरपालिकाले लायन्स क्लब इन्टरनेसनल ३२५ ए १ सँगको सहकार्यमा यज्ञडाेल (जगडाेल)सामुदायिक वनको सचिवालयमा करिब ६० दिन सम्म आइसोलेसन सेन्टर सञ्चालन गरेको थियो। नेपालमा नयाँ भेरियन्टको दोस्रो चरणको कोरोना लहर बढे संगै सोही आइसोलेसन सेन्टरलाई पुन सकृय गरिन लागिएको हो । लायन्स क्लबले सञ्चालन गरेको आइसोलेसन सेन्टरमा बिहान योगा सहित दिनमा चार पटक पोसिलो खाना र खाजाको व्यवस्था थियो भने ४५ जना कोरोना पोजेटिभ भएका बिरामी निको भएर घर फर्केका थिए।
विश्व भरि फैलिरहेकाे काेभिड १९ को दोस्रो लहरमा संक्रमित संख्या गाेकर्णेश्वर नगरपालिका ब्यापक रुपमा वृद्धि भएको छ। नगर प्रमुख सन्ताेष चालिसे, उपप्रमुुुख शान्ति नेेपाल, गोकर्णेश्वर नगरपालिका स्वास्थ्य शाखा प्रमुख, वडाका वडा अध्यक्षहरु, सामुदायिक वनका प्रतिनिधि ,लायन्स क्लबका प्रतिनिधि,गोकर्ण प्रहरी प्रभागका प्रमुख लगायतको सकृयतामा आइसोलेसन सेन्टरको सञ्चालन हुने जानकारी विश्व न्युजलाई राष्ट्रिय शहिद तथा शान्ति पार्क,निजामति (स्मारक)यज्ञडोल (जगडोल) सामुदायिक वनका अध्यक्ष सुदर्शन सिग्देलले गराए। नेपालमा अस्पतालमा बेड मात्र होइन बस्ने कुर्सी सम्म पनि नभएको अवस्थामा यज्ञडाेल (जगडाेल) सामुदायिक वनकाे सचिवालयमा आज बसेको बैठकको निर्णय अनुसार ) सामुदायिक वनको सचिवालयको दुईवटा हलमा आइसोलेसन सेन्टर सञ्चालन हुने भएको छ। गाेकर्णेश्वर नगरपालिका, यज्ञडोल ( जगडोल )सामुदायिक वन र लायन्स क्लब इन्टरनेसनल ३२५ ए १ को साझेदारीमा काेभिड १९ महामारिकाे भयावह अवस्थामा अस्पतालमा बेड नपाई कोरोना संग लडिरहेका बिरामीहरूको लागि पुन आइसोलेस सेन्टर एंव अक्सिजन थेरापि सेन्टर सञ्चालन हुने भएको छ।