अमृता के सी ( रोनी )
काठमाडौँ, असोज २०।बूढानीलकण्ठ नगरपालिका ११ स्थित जगडोल झण्डा पार्कमा दिउँसोको समयमा चार लाख नगद लुटिएको फोन आए पछी स्थानिय प्रहरीलाई दौड धुप भएको छ ।
आइतबार दिउँसो अन्दाजी १ बजेको समयमा साँखु घर बताउने एक व्यक्तिले आफ्नो ४ लाख रुपैयाँ झन्डा पार्कमा लुटिएको भन्दै प्रहरीको १०० नम्बरमा फोन गरे पछी महानगरीय प्रहरी वृत्त बौद्धका उपनिरीक्षक सहितको टोली पैसा लुटिएको भनिएको ठाँऊ झन्डा पार्क पुगेको थियो । घटना घटेको भनिएको स्थानमा महानगरीय प्रहरी वृत्त बौद्धका उपनिरीक्षक ढुण्डिराज न्यौपाने र गोकर्ण प्रहरी प्रभागका प्रमुख रामजी घिमिरेको टोलि पुगेको थियो। प्रहरी श्रोतका अनुसार पीडित भनिएका व्यक्तीले आफु साँखुको भएको र चितवन जाने भनेर हिडेको बताएका थिए। बैंकबाट नगद चार लाख झिकेर चितवन जान लाग्दा लुटेरा भनिएकाहरुले फोन गरि सुन किन्न झन्डा पार्कमा बोलाएको बयान प्रहरीलाई दिएको प्रहरी श्रोत बताउछ । पिडकहरु पनि मोटर बाइकमा आएको र वरपर बस्ती भएकोले उनिहरुले एकान्तमा जाउ भनी झन्डा पार्क मुनीको गाँऊ पैयाटारमा बाईक राखी हिड्दै उकालो चढ्ने क्रममा लुटेको पीडितले प्रहरीलाई बताएको प्रहरीको भनाई छ । जगडोलमा झण्डा पार्क चढ्ने क्रममा पानी प्यास लागेको र लुटेराहरुले पानी दिएको त्यसपछि आफ्नो पैसा भएको झोला लिएर उनीहरु भागेको पीडितले बताएका छन् । प्रहरीले उक्त मोबाइल नंम्बरमा फोन गर्दा लुटेराहरुको नंम्बर बन्द रहेको जानकारी प्रहरी दिएको छ ।
घटना बारे थप अनुसन्धान भैरहेको समयमा आज बुधवार पीडित भनिएका व्यक्ती नै प्रहरीसँग सम्पर्क बिहिन भएको गोकर्ण प्रहरी प्रभागका प्रमुख रामजी घिमिरेले बताए। पिडित भनिएका व्यक्ती नै सम्पर्क बिहिन भए पछी घटना शंकास्पद भएको घिमिरेले जानकारी दिए।