काठमाडौं । राष्ट्रियजनगणनाका लागि सरकारले करारमा ३७ हजार कर्मचारी माग गरेको छ।
आगामी वर्ष २०७८ मा राष्ट्रिय जनगणना हुँदै छ। त्यसका लागि केन्द्रीय तथ्यांक विभागले २९ हजार गणक र आठ हजार सुपरिवेक्षक माग गरेको हो।
जनगणनाका लागि सबै कर्मचारी करारमा नियुक्त गरिनेछ। यसका लागि अनलाइनमार्फत दरखास्त दिन सकिनेछ।
अनलाइन दरखास्त केन्द्रीय तथ्याङ्क विभागको वेबसाइट अन्तर्गत सबडोमेन www.censushrms.cbs.gov.np तथा केन्द्रीय तथ्याङ्क विभागको वेबसाइट www.cbs.gov.np मा गएर भर्न सकिनेछ ।
चैत ११ गतेसम्म अनलाइनमार्फत दरखास्त दिन सकिनेछ। दरखास्तका लागि ६० दिनको म्याद दिइएको छ।
अनलानइकाे पहुँच नभएकाहरुले जिल्ला तथा प्रदेश जनगणना कार्यक्रमकाे कार्यालयमा गएर दरखास्त दिन सक्ने विभागले जनाएकाे छ। कार्यालयमा भने चैत ५ देखि ११ गतेसम्म दिन सकिने व्यवस्था गरिएकाे छ।
गणक र सुपरिवेक्षकका लागि कम्तिमा स्नातक तह वा सोसरह उत्तीर्ण गरेको हुनुपर्नेछ। एक जनाले एक पदका लागि मात्रै दरखास्त दिनसकिनेछ।