काठमाडौं । जनता समाजवादी पार्टी नेपाल जसपाको आधिकारिकता विवादमा कार्यकारिणी सदस्य रेशम चौधरी तटस्थ बसेका छन् ।
सोमबार दिउँसो निर्वाचन आयोगमा उपस्थित भएका उनले आफू दुबै पक्षमा नखुल्ने भन्दै तटस्थ बसेका हुन् ।
कारागारमै सनाखत गर्न नमानेपछि उनलाई निर्वाचन आयोग पुर्याइएको थियो। आयोग पुगेपछि दुवै पक्षका नेताहरुसँग छलफल गरेर सांसद चौधरीले तटस्थ बस्ने निर्णय गरे ।
छलफलपछि उनले आफूलाई कुनै पक्षमा लाग्नु नरहेको भन्दै मुल पार्टी जसपा भएकाले तटस्थ बस्ने निर्णय लिएका छन् ।
आयोग परिसरबाट बाहिरिने क्रमममा उनले आफ्नो एक मात्र एजेण्डा न्याय, न्याय र न्याय रहेको बताए ।
आयोगले आज आधिकारिकताका लागि जनता समाजवादी पार्टीका दुवै पक्षका नेतालाई बोलाएको थियो।
आधिकारिकताका लागि भएको सनाखतमा उपेन्द्र यादव पक्षमा २४ जनाले हस्ताक्षर गरेका छन् भने महन्थ ठाकुर९राजेन्द्र महतो पक्षमा १६ जनाले हस्ताक्षर गरेका छन्। राजेन्द्र महतोले ५१ जना नेता तलमाथि हुनु प्रविधिक रुपमा फुट भएको तर्क गरे।
निर्वाचन आयोगले कहिल्यै दल नबनाउने तर सधैं फुटाउने गरेको अभिव्यक्ति दिए ।
दल विभाजनका लागि आफूहरु निर्वाचन आयोगमा उपस्थित नभएको तर्क गर्दै उनले जनता आफ्नो पक्षमा रहेको जिकिर गरे।