जहाज हराउनु अघि के भनेका थिए पाइलटले, को-को थिए जहाजमा ? (नामसहित)

काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरकाे जहाज सवा सम्पर्कविहीन नै छ । म्याग्दी कटेर उकालो लागेपछि जहाज बेपत्ता भएको बताइएको छ । मुस्ताङ थासाङ क्षेत्रका स्थानीयले उक्त जहाज त्यहाँ २ पटकसम्म घुमेको बताएका छन् ।

तारा एयरको ९ एनएईटी ट्विनअटर विमान दुर्घटनामा परेको हो। १९ यात्रु लिएर पोखराबाट आइतबार बिहान ताराको जहाज ९ बजेर ५५ मिनेटमा उडेको थियो ।

जोमसोमका लागि पोखराबाट उडेको तारा एयरको जहाजका पाइलट प्रभाकर घिमिरेले लेतेको आकाशमाथिबाट अन्तिमपटक कुराकानी गरेको खुलेको छ ।

विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर पुष्कल शर्माले पाइलट घिमिरेसँग कुराकानी भएको बताए ।

पाइलट घिमिरले कुराकानीमा हावाको गतिको विवरण सोधेको शर्माले बताए ।

हावाको विवरण दिएपछि आफूले समिटको जहाज अवतरण गराउन लागेको र त्यसपछि तारा एयरको जहाजलाई पुन: सम्पर्क गर्दा सम्पर्क नभएको शर्माले बताए ।

जोमसोमको हावाको विवरण माग्दा ताराको जहाज १२ हजार ५ सय फिटको उचाईमा रहेको शर्माको भनाइ छ ।

जोमसोम विमानस्थल ९ हजार फिट उचाईमा छ । शर्माका अनुसार घिमिरेलाई जानकारी दिँदा जोमसोमको हावाको गति २५ नटिकल माइल प्रतिघण्टा (४६.३ किमि)को गतिमा थियो । यो गति सामान्य नभए पनि जोमसोममा भने यो गतिमा विमान टेक अफ र अवतरण हुने शर्माले जनाए ।

तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार ९ एन-एईटी कलसाइनको जहाजमा क्याप्टेन प्रभाकरप्रसाद घिमिरे, को पाइलट इतासाप पोखरेल र एयर होस्टेज कास्मी थापा थिए ।

जहाजमा चार जना भारतीय नागरिक, दुईजना अन्य देशका र १३ जना नेपाली यात्रु साथै चालक दलका तीन सदस्य गरी २२ जना रहेका थिए।

जहाजमा चालक दलमा क्याप्टेन प्रभाकर घिमिरे र उत्सव पोखरेल तथा एयर होस्टेज क्रिष्टी थापा थिए।

यात्रुहरुमा बान्देकर वैसवी, इन्द्रबहादुर गोले, पुरुषोत्तम गोले, राजनकुमार गोले, मेइक ग्रीटग्राफ, वसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रश्मी श्रेष्ठ, रोजीना श्रेष्ठ थिए ।

यसैगरी, प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुलसादेवी तामाङ, अशोककुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी र वी विलनर सवार थिए।