अमृता के सी ( रोनी )
काठमाडौं, कात्तिक २५। अनन्त गोकर्णेश्वर नगरपालिकाको जोरपाटी सुन्दरीजल सडक कालोपत्रे हुने भएको छ।लामो समय देखिको स्थानियहरुको चासो र समस्या बनेको उक्त सडक खण्ड कालोपत्रे सम्बन्धि नगरपालिकाले सोमबार सार्वजनिक सूचना जारी गरेको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्यले जारी गरेको उक्त सूचनामा जोरपाटी सुन्दरीजल सडक यहि २०७८ साल कात्तिक २७/ २८ गते कालोपत्रे (पिच) हुन गइरहेको र सडक निर्माण कार्यलाई बलियो र मजबुत बनाउन कालोपत्रे (पिच) गर्नु भन्दा एक हप्ता अगाडी देखि सडकलाई सुख्खा राख्नु पर्ने हुँदा कोहि कसैका तर्फबाट सो सडकमा पानि राख्ने/पानी पोख्ने कार्य नगरी सहयोग गरिदिन सडक किनाराका आम नागरिक लगायत सरोकारवाला सबैलाई अनुरोध गरेको छ ।