‘झापा गोल्डकप’ प्रतियोगिता यो वर्ष नहुने

काठमाडौं । नेपालकै प्रतिष्ठित प्रतियोगितामा ‘झापा गोल्डकप’ यस वर्ष नहुने भएको छ।

‘झापा गोल्डकप’ लाई यस वर्ष रोकेर मेची रंगशालामा ‘भद्रपुर झापा गोल्डकप’ आयोजना गर्न लागिएको छ। १० टिमको सहभागिता रहने प्रतियोगिता फागुन अन्तिम साताबाट गर्ने आयोजकको तयारी छ।

प्रतियोगिताका विजेताले नगद १३ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेता टिमले नगद ७ लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।

प्रतियोगिताका उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड र उत्कृष्ट प्रशिक्षकलाई २५ हजार तथा प्रत्येक खेलको म्यान अफ द म्याच खेलाडीलाई नगद १० हजार पुरस्कारको प्रदान गरिनेछ।