टिमको अफिसियलबाट हटाइयो क्यान अध्यक्षको नाम

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको अफिसियलबाट नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दको नाम हटाइएको छ ।१५ सदस्यीय खेलाडीसँगै १० अफिसियलको नाममा अध्यक्ष चन्दको पनि नाम रहेपछि क्यानको आलोचना गरिएको थियो । क्यानले अमेरिकामै डा. होमनाथ पन्तलाई टिम अफिसियलमा समेटेको हो । चन्द अफिसियलमा रहे पनि टिममा अनिवार्य रहेको चिकित्सक थिएनन् । चन्दको नाम अफिसियलबाट हटाइएपछि विश्वकपका निम्ति उनी अमेरिका र वेस्ट इन्डिजमा रहँदाको खर्च कसले व्यहोर्छ भन्ने दुविधा छ ।