विश्वन्युज /अमेरिका
अमेरिकाको टेक्ससस्थित एक हाईवेमा गाडीहरु एकापसमा ठक्कर खाँदा ५ जनाको मृत्यु भएको छ भने अन्य ५ जना घाईते भएका छन् । ह्युस्टनबाट दक्षिण पश्चिममा पर्ने हाईवे ५९ मा शनिबार बिहान १८ चक्के एक ट्रक र यात्रु वाहक भ्यान ठोक्किदा २ नाबालक सहित ५ जनाको मृत्यु भएको टेक्सस स्थित डिपार्टमेण्ट अफ पब्लिक सेफ्टीले जनाएको छ ।
हाईवे ५९ मा एकै दिशामा दाँया र बाँया लेनमा कुदिरहेको समयमा अकस्मात बाँया लेनमा कुदिरहेको यात्रु बाहक भ्यानको पछाडिको भाग १८ चक्काको बिशाल ट्रकमा ठोक्किन पुगेको थियो । यात्रु बाहक भ्यानमा १० जना यात्रा गरी रहेका थिए । दुर्घटना भएपछि तिब्र गतिमा गुडिरहेको ट्रक झण्डै १५ सय फिट पर गएर सुरक्षित तरिकाले रोकिएको थियो । दुर्घटनामा परेको सन २०१६ मा निर्मित सेतो फोर्ड गाडीमा सवार यात्रुहरुको पहिचान खुलाईएको छैन ।
श्रोत : एजेन्सी