टोकियो ओलम्पिक : पदकमा चीनको अग्रता, जापान र अमेरिका पच्छाउँदै

Getty images

टोकियो । ३२ औं गृष्मकालिन ओलम्पिकका खेलहरु जारी छन् । अहिलेसम्म पदक तालिकामा भने चीनको शूरुवाती अग्रता रहेको छ । ओलम्किपमा सधैजसो चीनले आफ्नो दवदवा राख्ने गरेको छ । यसपटक जापान र अमेरिकाले चीनलाई पच्छ्याइरहेका छन् । आइतबार बिहानसम्मको तालीका अनुसार चीनले तीन स्वर्ण र एक काश्यसहित चार पदक जितेको छ । चीन शीर्ष स्थानमा छ । दोस्रो स्थानमा जापान छ । उसको दुई स्वर्ण र एक रजत पदक रहेको छ ।

अमेरिकाले एक स्वर्ण, दुई रजत र दुई काश्य पदक जितेको छ। अमेरिका तेस्रो स्थानमा रहेको छ । कुल २०६ मुलुक सहभागी रहेको ओलम्पिकमा आइतबार बिहानसम्म ३१ वटा मुलुकले कुनै न कुनै पदक जितिसकेका छन् । अहिलेसम्म १५ स्वर्ण पदकको छिनोफानो भइसकेको छ । कुल १२ मुलुकले स्वर्ण जितिसकेका छन् । नेपालको छिमेकी मुलुक भारतले रजत पदकबाट पदकको खाता खोलेको छ ।