टोकियो ओलम्पिक, राष्ट्रिय कीर्तिमान राख्दै सुटिङकी कल्पना बाहिरिइन्

टोकियो । जापानको टोकियोमा जारी विश्वकै सबैभन्दा ठूलो खेल मेला सुटिङमा नेपाली खेलाडीको प्रतिस्पर्धा आजबाटै शुरु भएको छ । आज नेपाली सुटिङ खेलाडी कल्पना परियार पहिलो चरणबाटै बाहरिएिको छिन् । उनको टोकियो यात्राको उपलब्धी भने राष्ट्रिय कीर्तिमानको सुधार रह्यो । शनिबार सम्पन्न महिला १० मिटर एअर राइफल इभेन्टको छनोट चरणमा उनले ६१६.८ स्कोर गरिन । यो राष्ट्रिय कीर्तिमानमा भएको सुधार हो ।

कुल ५० खेलाडीमध्ये उनी ४६औं स्थानमा रहिन । राष्ट्रिय कीर्तिमान समेत उनकै नाममा छ । कल्पनाले १३औं दक्षिण एसियाली खेलकुद सागमा ६१४.५ स्कोर गरेकी थिइन् । यो छनोटबाट शीर्ष ८ स्थानमा रहेका खेलाडी मात्र फाइनलमा चरणमा प्रवेश गरे । आज नेपाली जुडो खेलाडी सोनिया भट्टले महिला ४८ केजीमा प्रतिस्पर्धा गर्दै तालीका छ ।